कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित

<p>काठमाडौं । अनोररी कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन । कन्सुलर कर्प्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो । आइतबार राजधानीमा आयोजित कर्प्सको १५ औं वार्षिक साधारण सभा एवं स्थापना दिवको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ [&hellip;]</p>

काठमाडौं । अनोररी कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन । कन्सुलर कर्प्स नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो ।

आइतबार राजधानीमा आयोजित कर्प्सको १५ औं वार्षिक साधारण सभा एवं स्थापना दिवको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो । हाल नेपालमा संसारका ५५ देशका प्रतिनिधिका रुपमा कन्सुलरहरुले जिम्मेवारी सम्हालिरहेका छन् ।

नेपालस्थित कन्सुलरबाट सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध, उद्योग, व्यापार व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयमा काम हुँदै आएको छ । सम्बन्धित मुलुकसँग सिधा सम्पर्क र नजिक रहेर ति मुलुकहरुको प्रवद्र्धन र सम्बद्र्धनका निम्ति काम गरिरहेको कर्प्सले जनाएको छ ।

कर्प्सले दुई देशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै आगामी दिनमा कर्प्सका गतिविधिलाई अझ सशक्त ढंगबाट अगाडि बढाउने नवनिर्वाचित डिन श्रेष्ठले बताए ।

 

Share News