ट्राफिक नियम उल्लङ्घन गर्ने विद्यालयका सवारीलाई कारबाही

<p>काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने विद्यालयका सवारी साधनहरूलाई कारबाही गरिएको छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले विद्यालय बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न विद्यालयका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराएको हो । सोही अनुरुप ट्राफिक प्रहरीले साउन ८ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले गरेको चेकजाँचमामा निर्देशिका विपरित कार्य गरेको [&hellip;]</p>

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने विद्यालयका सवारी साधनहरूलाई कारबाही गरिएको छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले विद्यालय बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न विद्यालयका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराएको हो ।

सोही अनुरुप ट्राफिक प्रहरीले साउन ८ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले गरेको चेकजाँचमामा निर्देशिका विपरित कार्य गरेको पाइएको छ ।

साथै ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कूलबसहरुलाई कारबाही गर्नुका साथै विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ ।

आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने विद्यालयका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिने बताएको छ ।

Share News