आर्थिक वर्ष ०७८/०७९ मा विशेष अदालतले गर्यो अहिलेसम्मकै धेरै फैसला

<p>काठमाडौं । आर्थिक वर्ष (आव) ०७८/०७९ मा विशेष अदालत काठमाडौंले इतिहासमा नै धेरै मुद्दाको फैसला गरेको छ । सो आर्थिक वर्षमा अदालतले ३ सय ३९ वटा मुद्दाको फैसला गरेको जनाएको छ । सो संख्या विशेष अदालतको २० वर्षे इतिहासमा सबैभन्दा धेरै फैसला भएको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा अघिल्लो [&hellip;]</p>

काठमाडौं । आर्थिक वर्ष (आव) ०७८/०७९ मा विशेष अदालत काठमाडौंले इतिहासमा नै धेरै मुद्दाको फैसला गरेको छ । सो आर्थिक वर्षमा अदालतले ३ सय ३९ वटा मुद्दाको फैसला गरेको जनाएको छ । सो संख्या विशेष अदालतको २० वर्षे इतिहासमा सबैभन्दा धेरै फैसला भएको अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ६ सय ५७ वटा मुद्दा रहेका थिए । त्यस्तै सोही आर्थिक वर्षमा १ सय ३५ वटा मुद्दा दर्ता भएका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका मुद्दा मध्ये आव ०७८/०७९ ३ सय ३९ वटा मुद्दाको विशेष अदालतले फैसला गरेको हो । एकै आर्थिक वर्षमा अधिक संख्यामा मुद्दा फैसला भएपछि चालु आव ०७९/८० को लागि ४ सय ५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएको विशेष अदालतले जनाएको छ ।

अघिल्लो आवमा फैसला भएका ३ सय ३९ वटा मुद्दमध्ये गैरकानूनी सम्पत्ति सम्बन्धी ५, घुस रिसवत सम्बन्धी २ सय ५९, सम्पत्ति सुद्धिकरण सम्बन्धी २, निर्णयगत ४२, नक्कली प्रमाणपत्र सम्बन्धी ३० र पुनरावेदन १ रहेको विशेष अदालतले जनाएको छ ।

फर्छ्यौट भएकामध्ये २ सय ६८ वटा मुद्दामा सफाई, २५ वटामा आंशिक ठहर, ४१ वटा पूर्ण ठहर र १ वटा मुल्तवीमा गएको अदालतले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Share News