काठमाडौं । पत्रकार सन्तोष भण्डारीलाई समाचार संकलनमा क्रममा भएको दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।
पशुपति टाइम्स डटकमका सम्पादक समेत रहेका भण्डारीलाई समाचार संकलनका लागि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका भण्डारीलाई प्रमुखका स्वकीय सचिव रविन्द्र अधिकारीले धम्की पूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गरेको भन्दै संघले आपत्ति जनाएको हो ।
जनताका प्रत्यक्ष सरोकारसँग जोडिएका जनप्रतिनिधिबाट नै समाचार संकलन एवं प्रसारणका क्रममा पत्रकारमाथी दुर्व्यवहार हुनु खेदजनक भएको संघले जनाएको छ ।
संघले समाचार संकलन र सम्प्रेषण गर्न पाउने पत्रकारहरुको संवैधानिक र कानूनी अधिकार कुण्ठित गर्ने यस प्रकारका कार्य आगामी दिनमा नदोहोर्याउन र यसरी दुर्व्यवहार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन माग गरेको छ ।