विदेश भ्रमणमा जाँदा एयरपोर्टमै २ सय डलर साट्न सकिने, ८ लाखसम्म धरौटी राख्नु पर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा मनिचेञ्चर कम्पनीहरुका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरेकाे छ । राष्ट्र बैंकले बुधबार सो विनियमावलीलाई संशोधन गर्दै अब विदेश भ्रमणमा जाने नेपालीलाई विमानस्थलबाट २०० डलर सटही सुविधा प्रदान गर्न परिपत्र जारी गरेकाे छ । यसअघि याे व्यवस्था थिएन । बैंकबाट भने १५ सय डलरसम्मकाे [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा मनिचेञ्चर कम्पनीहरुका लागि जारी गरिएको इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरेकाे छ । राष्ट्र बैंकले बुधबार सो विनियमावलीलाई संशोधन गर्दै अब विदेश भ्रमणमा जाने नेपालीलाई विमानस्थलबाट २०० डलर सटही सुविधा प्रदान गर्न परिपत्र जारी गरेकाे छ ।

यसअघि याे व्यवस्था थिएन । बैंकबाट भने १५ सय डलरसम्मकाे सुविधा छ । याे व्यवस्थासँगै अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ ।

‘पहिले यो व्यवस्था थियो तर, केही वर्ष यता थिएन, बैंकभन्दा हुँदा पनि मनिचेञ्जरबाटै सटही सेवा पाइयोस् भनेर यो व्यवस्था गरेका छौं, यसले विदेशमा जानेलाई केही सहज हुनेछ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने ।

उनका अनुसार २ सयको सीमा पनि १५ सय डलरभित्रै गणना हुनेछ । कुनै व्यक्तिले बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेको छ भने उसले यो सुविधा पाउँदैन । तर, लिएको छैन भने विमानस्थलबाटै २ सय सटही गर्न सक्नेछ ।

बैंकबाट १३ सय डलर वा सोभन्दा कमको सटही सुविधा लिइसकेकाले विमानस्थलबाट थप २ सय डलरसम्मको सटही सुविधा पाउने भट्टले बताए ।

सो विनियमावलीको दफा ६ मा इजाजतपत्रको लागि धरौटी सम्बन्धि व्यवस्था पनि गरेको छ । मनिचेञ्जर कमपनीले भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि एक लाख, विदेशी मुद्राको खरिदका लागि पाँच लाख, भारतीय र डलर अर्थात् दुवै कारोबारका लागि ६ लाख रूपैयाँ धराैटी राख्नु पर्ने व्यवस्था विनियमावलीमा छ ।

विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत तोकिएको बमोजिमको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप दुई लाख अर्थात ८ लाख रूपैयाँ धारैटी राख्नु पर्ने व्यवस्था छ ।

 

Share News