ऋण गरेरै बुझायो निगमले आईओसीलाई तेलको बक्यौता रकम

<p>काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसन्स (आईओसी) लाई १६ अर्ब ८० करोड बक्यौता रकम भुक्तानी गरेको छ । पेट्रोलियम पदार्थ खरिद गर्दा भुक्तानी गर्नुपर्ने रकममध्ये निगमले ऋण खोजेर मंगलबार उक्त रकम भुक्तानी गरेको हो । ३१ अर्ब २० करोड बक्यौता रकममध्ये मंगलबार उक्त रकम भुक्तानी गरेपछि अझै १४ अर्ब ४० करोड बक्यौता बाँकी [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसन्स (आईओसी) लाई १६ अर्ब ८० करोड बक्यौता रकम भुक्तानी गरेको छ । पेट्रोलियम पदार्थ खरिद गर्दा भुक्तानी गर्नुपर्ने रकममध्ये निगमले ऋण खोजेर मंगलबार उक्त रकम भुक्तानी गरेको हो ।

३१ अर्ब २० करोड बक्यौता रकममध्ये मंगलबार उक्त रकम भुक्तानी गरेपछि अझै १४ अर्ब ४० करोड बक्यौता बाँकी रहेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणी उपाध्याय सरकारले ऋण र भ्याट फिर्ता बापतको रकम दिएसँगै आईओसीलाई बक्यौता रकम पठाइएको बताए ।
उनका अनुसार सरकारले दिएको ऋण, भ्याट फिर्ता बापतको रकम र निगमले तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम गरी १६ अर्ब ८० करोड भुक्तानी गरिएको हो ।

आईओसीलाई तेलको बक्यौता रकम भुक्तानी गर्न सरकारले निगमलाई ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत रकम दिएको थियो । ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको थियो ।

आइतबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद् बैठकले आईओसीलाई भुक्तानी गर्न निगमलाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको जनाएका हुन । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको उनले बताए ।

उनका अनुसार पूर्वाधार करको सोधभर्ना बापत ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयले निगमलाई उपलब्ध गराएको हो ।

Share News