काठमाडाैं । जगदम्बा सिमेन्टले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरीलाई निर्माण कार्य सम्बन्धी तालिम दिएकाे छ ।
बैंकले प्रहरीलाघ २० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट र यसको सहि प्रयोग गर्ने कार्य विधि र सहि निर्माण मापदण्ड सम्बन्धी विभिन्न तालिम दिएकाे हाे ।
उक्त कार्यक्रममा कंम्पनीका उप–महाप्रबन्धक सुनिल पौड्यालले जगदम्बा सिमेन्टका उद्योगहरु, प्रकार, ब्राण्डहरु, उत्पादन क्षमता, गुणस्तरबारे संक्षिप्त जानकारी दिएका थिए ।
यसका साथै उनले संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सहि प्रयोग र संरचना निर्माण कार्यहरुमा विशेष ध्यान दिनुपर्ने जानकारी श्रव्य दृश्यद्धारा प्रस्तुत गरेका थिए ।