काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका र झापा गाँउपालिका जोड्ने कन्काई पुल निर्धारित समय भन्दा अगाडि निर्माण सम्पन्न भएको छ ।
२०७९ पुस ११ गते सडक विभागसँग शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो ।
डिजाइन एण्ड विल्ड मोडलमा सम्झौता गरिएको ठेक्कामा निर्माण सुरु २०८० फागुन १० गतेदेखि थालिएको शर्मा एण्ड कम्पनीका सञ्चालक रमेश शर्माले जानकारी दिए ।
तीन महिनामा डिजाइनको काम सम्पन्न गर्नुपर्ने भएपनि सडक विभागले डिजाइन फाइनलमा ९ महिना भन्दा बढी समय लगाएको थियो ।
शिवगञ्ज पुरानो बजार–पूर्व पछुवाडा बजार–झापा जोड्ने काँकाई नदीमाथिको पुल निर्माण भएर २०८३ असार अन्तिमदेखि यातायात सुचारु भइसकेको छ ।
पुलमा रंगरोगन र एप्रोच सडक निर्माणको काम भइरहेको छ ।
पुलको लागत १ अर्ब १२ करोड ५२ लाख ८२ हजार भ्याट र पिएससहित रहेको छ । भने पुलको कुल लम्बाई ७ सय १५ मिटर रहेको छ । थप भार आफूहरूलाई परे पनि अनुभव र साहसका साथ काम सम्पन्न गरेको बताए ।
असार मसान्तबाटै सवारी साधन सञ्चालन भइसकेकाले हस्तान्तरण सरह भइसकेको उनले जानकारी दिए ।
करिब ४ महिना अगावै पुल निर्माणको काम सम्पन्न गरेको उनको भनाइ छ ।
सबैतिरबाट सहयोग प्राप्त भए अढाइ वर्षभित्र सम्पन्न गर्न सकिने उनले बताए । उनले कुनै पनि काम समयमै सक्नका लागि समयमै बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।