काठमाडाैं । सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ भन्दा गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ६९ कराेड रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।
सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा ८ खर्ब ४१ अर्ब ३५ करोड रुपैयाँ राजश्व असुली गरेको भने अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुल गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ०.२० प्रतिशतले बढी हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा राजस्व सामान्या मात्रामा बढेको हो ।
मन्त्रालयले सार्वजसनक गरेको विवरणका अनुसार भन्सार महसुल भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ११.१८ प्रतिशतले कम उठेको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५५ अर्ब रूपैयाँ मात्रै उठेको भन्सार महसुल गत आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ रूपैयाँ उठेको छ ।
यस्तै, अघिल्लो आर्थिक वर्षको भन्दा मूल्य अभिवृद्धि करमा पनि गिरावट आएको छ । मूल्ःय अभिवृद्धी करमा ७.२६ प्रतिशत कम भएको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ४१ अर्ब ६१ करोड रुपैयाँ मूअ कर संकलन भएको छ भने गत आवमा २ खर्ब २४ अर्ब ७ करोड रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, अन्तशुल्कमा पनि १७.४३ प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा वर्षमा १ खर्ब २१ अर्ब ८५ करोड रुपैयाँ असुल भएको अन्तशुल्क गत आर्थिक वर्षमा भने १ खर्ब ६२ करोड रूपैयाँ अन्तशुल्क संकलन छ ।
शिक्षा सेवा शुल्क तर्फ पनि ४५.८० प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७ करोड रुपैयाँ संकलन भएको शिक्षा सेवा शुल्क गत आर्थिक वर्षमा भने ५८ करोड रुपैयाँ मात्र संकलन भएको छ ।
कोरोना भाइरसको महामारी भइरहँदा बन्द भएका शैक्षिक संस्थाको कारण सरकारले शिक्षा सेवा शुल्क उठाउन नसकेको बताएको छ ।
यस्तै, नेपाल सरकारले आय कर तर्फ भने केही प्रगति गरेको छ । आयकरतर्फ १३ प्रतिशतको वृद्धि देखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा १ खर्ब ९४ अर्ब रूपैयाँ आयकर संकलन गरेको सरकारले गत आर्थिक वर्षमा २ खर्ब १९ अर्ब रूपैयाँ आयकर संकलन गरेको छ ।
सरकारले गत आर्थिक वर्षमा ७ खर्ब ८६ अर्ब रुपैयाँ चालु खर्च गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०७६र०७७ मा १ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ।