बाढी पहिरोले तर्साउदै बीमा कम्पनीलाई, प्रमुख कार्यकारी अधिकृत भन्छन्- निन्द्रा लाग्नै छोड्यो

<p>काठमाडौ । देशभर बाढी पहिरोको जोखीम बढी रहदा निर्जीवन बीमा कम्पनीहरुले मनसुन अभिषाप सावित भएको प्रतिक्रिया दिएका छन् । कोरोना महामारी (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिसँग जुधिरहेका बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिको कारण अर्काे प्रकारको चुनौति थपिएको बताएका हुन् । बाढी पहिरोको कारण बीमा कम्पनीहरुलाई दैनिक दाबी बढिरहेको छ । वर्षाको समयमा विगतका वर्षहरुमा पनि यस्तो [&hellip;]</p>

काठमाडौ । देशभर बाढी पहिरोको जोखीम बढी रहदा निर्जीवन बीमा कम्पनीहरुले मनसुन अभिषाप सावित भएको प्रतिक्रिया दिएका छन् । कोरोना महामारी (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिसँग जुधिरहेका बीमा कम्पनीहरुले प्राकृतिक विपत्तिको कारण अर्काे प्रकारको चुनौति थपिएको बताएका हुन् ।

बाढी पहिरोको कारण बीमा कम्पनीहरुलाई दैनिक दाबी बढिरहेको छ । वर्षाको समयमा विगतका वर्षहरुमा पनि यस्तो प्रकारको दाबी पर्ने गरेको थियो । तर कम्पनीहरुले विगतका वर्षहरुमा आफूहरुलाई दाबी भुक्तानी गर्न खासै गाह्रो नभएपनि यसपाली भने कठिन भएको बताए ।

नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काका अनुसार मनसुनमा परेका दाबीले बीमा कम्पनीहरुलाई अफ्ठयारो बनाएको छ ।

‘हामीले विगतका वर्षमा पनि दाबी भुक्तानी त दिदै आएका थियौं, अहिले कोरोना महामारीको जोखिम र असर कायमै रहदा बाढी पहिरोले निर्जीवन बीमा क्षेत्रमा मनसुन अभिषाप बनेर आएको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले विकासन्यूजसँग भने ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार वर्षाको समयमा पानीले प्रत्यक्ष भेट्ने क्षेत्रहरुबाट पनि धेरै दाबी आउने गरेको छ ।

‘हाम्रो कम्पनीमा पनि ८, १० वटा जति दाबी परिसकेको छ, वर्षाको समयमा बाटो, पुल तथा इन्जिनियरिङ्ग गरिएका ठाउँहरु खतरामा हुने भएकाले वर्षाको पत्यक्ष असर त्यस्ता ठाउँमा पर्ने गर्छ र बीमाा कम्पनी दाबी आउने गर्छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

अहिले देशभर बाढी पहिरोकोे जोखिम बढ्दो छ । सोही बाढी, पहिरोकै कारण कैयौ जनताहरु चिन्तित हुने तथा रातभर जागै रहने गर्दै आएका छन् ।

ठिक यही समयमा यता एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले मंगलबार आफ्नो फेसबुक वालमा एउटा स्ट्याटस पोस्ट गरेका छन् ।

‘नदीमा बाढी आउने पिरले रात भरी नसुत्न नदी किनारमा घर हुन पर्ने रहनेछ । इन्स्योरेन्समा जागिर खाए पुग्ने रहेछ,’ प्रमुख कार्यकारी अधिकृत गौतमले लेखेका छन् ।

यता नारायणी नदीको बहाब४४ वर्षकै उच्च भएको छ । सप्तोकोशीले नदीले पनि आफ्नो खतराको घेरा नाघिसकेको अवस्था छ । अहिले देशै भरका खोलानालामा पानीको सतहमा वृद्धी भएको छ ।

नेपाल नदीनालामा धनी राष्ट्र हो । वर्षभरी देशको परिचयका रुपमा स्थापित हुने जलस्रोतले वर्षाको सिजनामा भने अधिकांशलाई दुःख समेत दिने गरेको छ ।

मौसमविदहरु थप २,४ दिन देशको विभिन्न भुमागमा भारी वर्षा हुन सक्ने अनुमान गर्दै आएका छन् । बाढीको चिन्ता खोलाको किनारमा घर हुनेलाई मात्र नभई बीमा कम्पनीहरुलाईपनि परेको देखिन्छ ।

वर्षाको समयमा कन्ट्रयाक्टर अल रिस्क, सम्पत्ती, कृषि तथा बाली र मोटर बीमामा बढी दाबी पर्ने गर्छ ।

Share News