लकडाउन जेठ ३२ गतेसम्म कायमै राख्ने निर्णय

<p>काठमाडाैं ।  सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै  राख्ने निर्णय गरेकाे छ । शनिबार बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेकाे हाे । शनिवार साँझ बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  । यस्तै, विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको बताइएकाे [&hellip;]</p>

काठमाडाैं ।  सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै  राख्ने निर्णय गरेकाे छ । शनिबार बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेकाे हाे ।

शनिवार साँझ बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  ।

यस्तै, विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको बताइएकाे छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै अाएकाे छ ।

Share News