काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार बिहान दुई स्टोरलाई कारवाही गरेको छ । बिगमार्टको २ वटा स्टोरलाई ३ लाख जरिवाना गरिएको छ । विभागको अनुगमनका क्रममा मासको दाल महँगोमा बिक्री गरेको पाइएपछि बिगमार्टलाई कारवाही गरेको हो ।
बिगमार्टको हात्तीगौंडामा रहेको स्टोरले मासको दाल प्रतिकिलो दुई सय ७१ रुपैयाँमा बिक्री गरेको पाइए पछि विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ । बिगमार्टले बेचेको दालको खरिद मूल्य देखाउन नसकेको र त्यसको मूल्य दुई सय ७१ रुपैयाँ पर्नुको कारण देखाउन नसकेकाले जरिवाना गरीएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए ।