फोन गर्नुहोस्, घरमै आइपुग्छ अत्यावश्यक सामान

<p>काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन काठमाडौं। घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउनेत अब के गर्ने कसरी सामान खरिद गर्ने घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने बालबालिकालाई के पढाउने किचेनमा तरकारी लगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने औषधि सकियो । अब के गर्ने भन्ने समस्या हुनुहुन्छ भने दिएकाे स्थानमा सम्पर्क गर्न [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन काठमाडौं। घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउनेत अब के गर्ने कसरी सामान खरिद गर्ने घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने बालबालिकालाई के पढाउने किचेनमा तरकारी लगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने औषधि सकियो । अब के गर्ने भन्ने समस्या हुनुहुन्छ भने दिएकाे स्थानमा सम्पर्क गर्न सकिन्छ ।

युवालाई स्वदेशमै उद्यमी बनाउने सारथी : आइडिया स्टुडियो
आइडिया स्टुडियोले आइडिया निकाल्यो। चारवटा बिज्नेस कम्पनीलाई एकै ठाउँमा ल्याएर उपभोक्तालाई सेवादिने । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेडर केयूल्याबले उपभोक्तालाई सेवा दिन तयार भए ।

सेवा दिने कसरी त ?
आइडिया स्टुडियोले नेतृत्व लियो । यसमा ४वटै कम्पनी तयार भए । एउटा नम्बरमा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने गरीकाम अगाडि बढ्यो । जसलाई ‘वानकल ४ सर्भिसेज’ भनिएको छ । अहिले लकडाउनको सययमा उपभोक्तालाई सहज भएको छ।

के–के सेवा पाइन्छ ?
सजिलो ममर्त सेवा : सजिलो मर्मत सेवाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर लगायतका सामग्री बनाउँछ । घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रियो भने बनाउने टेक्निसियन उपलब्ध गराउँछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ ।

जहाँ समस्या, त्यहाँ सजिलो
मेट्रोतरकारी : मेट्रोतरकारीले किचेनमा चाहिने तरकारी देखि खाद्यान्न लगायतको सामग्री उपलब्ध गराउँछ । आफूलाई चाहिने सामग्री अडर गर्यो भने घरमै मेट्रोतरकारीले ल्याइदिन्छ । जसका कारण कोरोना भाइरसको जोखिम मोलेरतरकारी किन्न बाहिर जानु पर्दैन ।

कसरी सुरु भयो मेट्रोतरकारी ?

केयूल्याब :
केयूल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूको पठनपाठन नरोकियोस्, घरमै बसेरपनि सिक्न भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको छ, जसबाट विद्यार्थीलाई फाइदा पुगेको छ ।

नेपाल मेड
नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन्, ती सामग्री नेपाल मेडले उपलब्ध गराउँछ । यदि बिरामी भएमा वा नियमित खानुपर्ने औषधि सकिएमा बिरामीका लागि सहज भएको छ । ‘आइडिया स्टुडियोले नेतृत्व लिएर सुरु गरेका हौँ,’ स्टुडियोकी सञ्चार निर्देशक श्रद्धापालने भनिन्, ‘कोभिड १९ का कारण असहज भएपछि उपभोक्तालाई सहज हो : भनेर सुरु गरेका हौं।’
यो सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध छ।

‘सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आइडिया स्टुडियोले नयाँ नयाँ आइडियालाई प्रोत्साहन गर्दै आएको छ।’ ‘लकडाउनको समयमा के गर्न सकिन्छ ? कसरी सेवा दिने भन्ने सोच्दै थियौँ,’ सजिलो मर्मत सेवाका संस्थापक कविश श्रेष्ठले भने, ‘४वटा बिजनेसलाई एकैठाउँमा राखेर फोनबाट उपभोक्तालाई सेवादिन सफल भएका छौँ।’

आइडिया स्टुडियोले प्रत्येक वर्ष आइडिया हन्टको आयोजनाका साथै नयाँ नयाँ आइडियालाई बिजनेसमा रुपान्तरण गर्न सहयोग गर्दै आएको छ । अहिलेसम्म ४ वटा आइडिया हन्टको आयोजना गरेको छ । जसमा सयौँ आइडियाहरू आएका छन् । १ सयभन्दा बढी आइडियाले सफल रूपमा व्यवसाय गरिरहेका छन् ।

Share News