ग्रील तथा स्टील व्यवसायी संघकाे साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

<p>काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेसन पुस ५ गते शनिबार बुटवलमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमको उद्घाटन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सबै अबैध ग्रील उद्योगलाई कानुनी दायरामा [&hellip;]</p>

काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको आठौं साधारणसभा तथा चौथो अधिवेसन पुस ५ गते शनिबार बुटवलमा सम्पन्न भएकाे छ । उक्त कार्यक्रमको उद्घाटन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सबै अबैध ग्रील उद्योगलाई कानुनी दायरामा ल्याई व्यवस्थित र मर्यादित बनाइ व्यवसायिकता तर्फ अगाडि बढाउने कार्यमा महासंघ लागेको बताएका छन् । साथै, उनले व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी उपकरणको प्रयोग गरि बढ्दो दुर्घटना कम गर्न निर्देशन दिएका छन्।

कार्यक्रमका साभापति नारायण पाठकले व्यापक जनचेतना पुर्याएर मात्र सामाजिक सुरक्षाकोषमा सहभागिता जनाउन सकिने बताएका छन् । रुपन्देहीका संस्थापक अध्यक्ष अशोक बर्माले ग्रील ग्रामको व्यवस्था गरि सबै ग्रील उद्योगलाई ग्रील ग्राममा राख्ने ब्यवस्था मिलाउन आग्रह गरे।

उक्त अधिवेसनले तुलबहादुर सारुको नेतृत्वमा नयाँ कार्यसमिती समेत चयन गरेको छ। जसकाे-वरिष्ठ तुल्सी खनाल, प्रथम उपाध्यक्ष  मोहन भट्टराई , द्वितिय उपाध्याक्ष  प्रितम भण्डारी, महासचिव  राम प्रसाद पाण्डे, कोषाध्यक्ष दिल बहादुर सुनार, सचिव धुर्बमणी ज्ञवाली, सह-कोषाध्यक्ष टोप बहादुर पन्थी, सदस्यहरु बिनय खनाल, कृष्ण पोखरेल, करुणा सागर पाण्डे, बुद्धि गुरुङ, सन्दिप सापकोटा, लेखा समिति संयोजक बिक्रम बिश्वकर्मा, सदस्यहरु रामचन्द्र गौतम र सुर्य ढुंगाना रहेका छन् ।

देशभरि सञ्चालित ११ हजार भन्दा बढी ग्रील तथा स्टील उद्योग व्यवसायले १ लाख ६० हजारले रोजगारी दिँदै आएको छ।

Share News