सिभिल बैंकबाट ठूला प्रमोटर बाहिरिदै, साढे १७ लाख कित्ता सेयर लिलामीमा

<p>काठमाडौं । सिभिल बैंक लिमिटेडको १७ लाख ५३ हजार ८५४ कित्ता प्रमोटर सेयर लिलामीमा राखिएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकी बढाबढ मूल्यमा बिक्री गर्न लागिएको उक्त सेयर किन्नेले कम्तिमा २ लाख कित्ता आवदेन गर्नुपर्नेछ । उक्त सेयर जेठ ९ गतेसम्म आवदेन गर्न सकिने सिभिल क्यापिटलले जनाएको छ । शुक्रबार बैंकले दुई आर्थिक वर्षको [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेडको १७ लाख ५३ हजार ८५४ कित्ता प्रमोटर सेयर लिलामीमा राखिएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकी बढाबढ मूल्यमा बिक्री गर्न लागिएको उक्त सेयर किन्नेले कम्तिमा २ लाख कित्ता आवदेन गर्नुपर्नेछ । उक्त सेयर जेठ ९ गतेसम्म आवदेन गर्न सकिने सिभिल क्यापिटलले जनाएको छ ।

शुक्रबार बैंकले दुई आर्थिक वर्षको साधारणसभा गर्दैछ । साधारणसभाले सञ्चालक समिति पनि चयन गर्दैछ । दुई आर्थिक वर्षको लाभांश लिने, साधारणसभामा भाग पनि लिने तर सेयर बेचेर निस्कने प्रमोटर को को हुन् भन्ने स्पष्ट भएको छैन ।

थोरै थोरै कित्ता सेयर जोडेर धेरै जनाले सेयर बिक्रीमा राखेको बैंक व्यवस्थापन समूह सम्बद्ध स्रोतको दावी छ । तर किन्नले नै कम्तिमा २ लाख कित्ता आवेदन गर्नु पर्ने सर्त भएका कारण सेयर बिक्रेता ठूलै लगानीकर्ता भएको अनुमान गरिएको छ ।

ठूलो मात्रामा सेयर अध्यक्ष इच्छाराज तामाङ र उनी निकट समूहसँग मात्र भएकोले उनीहरुले नै सेयर बिक्री गर्न लागेको हुन सक्ने प्रमोटर सम्बद्ध स्रोतले बतायो ।

‘अध्यक्षज्यूको नाममा भएको सेयर बोर्डमा रहेको अवस्थामा बेच्च मिल्दैन । उहाँको टिमबाट कसैले बेच्न लाग्नु भएको भन्ने सुनेको छु’ स्रोतले भन्यो ।

अध्यक्ष इच्छाराज तामाङले बेच्च लागेको सेयर आफ्नो नभएको बताए । ‘बैंकको लाभांश दर कम छ । बैंकमा भन्दा अरु क्षेत्रमा गरिएको लगानीको प्रतिफल राम्रो हुन्छ भन्ने बुझेका साथीहरुले बैंकको सेयर बेच्च लागेको हुनसक्छ’ तामाङले विकासन्युजसँग भने ।

शुन्य दलमलव ५ प्रतिशतभन्दा बढी सेयरभएका सेयरधनीकाे सूचि

राष्ट्र बैंकको नियम अनुसार १ प्रतिशतभन्दा बढी संस्थापक सेयर बेच्च केन्द्रीय बैंकको स्वीकृति लिनुपर्छ । ‘बैंकले सेयर बिक्रीमा राखेको छ । जसले बढी मूल्यमा सेयर किन्न आवेदन दिन्छ, उसलाई सेयर बेच्च मिल्छ कि मिल्दैन भनेर राष्ट्र बैंकले त्यतिबेला हेर्नेछ । कसले सेयर बेच्च लागेको त्यतिबेला मात्र थाहा हुन्छ’ राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागेलाले भने ।

कोषले लिन सक्ने

लिलामीमा राखिएको सेयर कर्मचारी संचय कोष वा नागरिक लगानी कोष वा बीमा कम्पनीले मात्र किन्न सक्ने देखिएको छ । न्यूनतम २ लाख कित्ता आवदेन गर्न कम्तिमा २ करोड रुपैयाँ चाहिने, उक्त रकममा लाग्ने कर तिरेको प्रमाण पेश गर्नु पर्ने, प्रमोटर सेयर लिन राष्ट्र बैंकले तोकेअनुसार सबै मापदण्ड पूरा गरेको हुनु पर्ने भएकोले व्यक्तिगत तवरमा उक्त सेयर किन्न सक्ने सम्भावना कम छ ।

यसअघि २७ लाख भन्दा बढी सेयर किनिसकेकोले सञ्चाय कोषले नै उक्त सेयर किन्न सक्ने अनुमान गरिएको छ । ‘वाणिज्य बैंकको सेयर १०० रुपैयाँमा किन्ने मौका राम्रो हो । बोर्डमा छलफल हुन्छ । अध्ययन हुन्छ, त्यसपछि किन्ने नकिन्ने निर्णय हुन्छ’ कोषका प्रशासक तुलसी गौतमले भने ।

Share News