नेपालभित्र रेमिट्यान्स काराेबार ६० हजार भन्दा बढी गर्न नपाउने

<p>काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र नगदमा हुने विप्रेषण (रेमिट्यान्स) काराेबार ६० हजारमा सीमित गरेकाे छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनीका एजेन्ट, सब एजेन्ट मार्फत हुने काराेबारलाइ निरूत्साहित गर्दै काराेबार सीमा घटाएकाे हाे। यसअघि एजेन्ट सब एजेन्टहरूले एक पटकमा एक लाख रूपैयाँसम्म भुक्तानी दिन पाउँथे । गत असारअघि यस्ताे सीमा [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र नगदमा हुने विप्रेषण (रेमिट्यान्स) काराेबार ६० हजारमा सीमित गरेकाे छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनीका एजेन्ट, सब एजेन्ट मार्फत हुने काराेबारलाइ निरूत्साहित गर्दै काराेबार सीमा घटाएकाे हाे।

यसअघि एजेन्ट सब एजेन्टहरूले एक पटकमा एक लाख रूपैयाँसम्म भुक्तानी दिन पाउँथे । गत असारअघि यस्ताे सीमा पनि थिएन ।

राष्ट्र बैंककाे नयाँ व्यवस्थाले रेमिट कम्पनीकाे व्यवसायमा थप नकारात्मक असर पर्ने छ भने बैकिङ सेवा नपुगेकाे क्षेत्रमा उपभाेक्ताले थप सकर र समय व्यतित गर्नु पर्नेछ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थासँग अब एक व्यक्तिले अर्को व्यक्तिलाई एकदिनमा एकपटकमा ६० हजार रुपैयाँमात्रै रकम पठाउन सक्नेछन् ।

Share News