नेपाल बैकको शाखा अब रुपन्देहीको ठुटेपिपलमा

<p>काठमाडौं । नेपाल बैकले प्रदेश नम्वर ५ रुपन्देहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ओम सतिया गाउंपालिका वडा नं १ ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा समुद्घाटन गरेका छन् । सो [&hellip;]</p>

काठमाडौं । नेपाल बैकले प्रदेश नम्वर ५ रुपन्देहीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको ओम सतिया गाउंपालिका वडा नं १ ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ । नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।

सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले पुनस्थापित शाखाले स्थानीय जनतालाई वचत,आय आर्जन तथा उद्यमशीलता विकासमा सहयोग पुर्याउने अपेक्षा प्रकट गरेका छन् । कार्यक्रममा स्थानीय अधिकांश वक्ताहरुले झण्डै दुई दशकपछि बैक फर्केकोमा अपार खुशी प्रकट गरेका थिए ।

१९९४ सालमा नेपालको अगुवा बैकको रुपमा स्थापित भई आठ दशक दुई वर्षयता  नेपालको वित्तिय बजारमा गतिशील, सक्षम, दिगो वित्तिय संस्थाको रुपमा नेपालको बैकिंग विकासमा अहम भूमिका निर्वाह गर्दै आएको यस बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गरेको छ ।

Share News