काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको थियो ।