काठमाडौं । सिटिजन्स बैंकले पाल्पा जिल्लाको मैनादीमा रहेको प्रभात माध्यमिक विद्यालयलाई रू दुई लाखको आर्थिक सहयोग गरेको छ । केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवरलाई रू दुई लाखको चेक हस्तान्तरण गरेका हुन्र ।
सिटिजन्स बैंक इन्टरनेसनलले फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ ।
“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गर्दै आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा जानकारी दिएको छ ।
कृषिबाली विज्ञान अध्ययनगर्ने पी जेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिदका साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रदान गरेकाे अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।