काठमाडौं । एनएमबि बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई पुस २६ गते बस्ने बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्ने छ । साथै, सभाले जारी पुँजीलाई वृद्धि गरी ९ अर्ब ६१ करोड रुपैयाँ पुर्याउन स्वीकृत गर्ने छ । हाल बैंकको वर्तमान जारी पुँजी ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
सभामा जाने प्रयोजनको लागि बैंकले पुस १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दै छ ।