सप्तकोशी डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश दिने, तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ८.०३६३९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ५.०३६३९ प्रतिशत नगर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकका आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको [&hellip;]</p>

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ८.०३६३९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ५.०३६३९ प्रतिशत नगर गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकका आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि कम्पनीको पुस ८ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ५० करोड ८५ लाख रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ५२ करोड रुपैयाँ नाघ्ने छ ।

Share News