नोट बन्दीका नाईके बने रिजर्भ बैंक अफ इण्डियाको नयाँ गभर्नर

<p>काठमाडौं । भारु ५ सय र एक हजार दरका नोटको कारोबारमा प्रतिबन्ध लगाउने अभियानका प्रमुख पात्र रिजर्भ बैंक अफ इण्डियाको गभर्नर नियुक्त भएका छन् । भारत सरकारले सन २०१६ को नोभेम्बर ८ तारिखका दिनदेखि ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । सोही अभियानका प्रमुख पात्र शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ [&hellip;]</p>

काठमाडौं । भारु ५ सय र एक हजार दरका नोटको कारोबारमा प्रतिबन्ध लगाउने अभियानका प्रमुख पात्र रिजर्भ बैंक अफ इण्डियाको गभर्नर नियुक्त भएका छन् ।

भारत सरकारले सन २०१६ को नोभेम्बर ८ तारिखका दिनदेखि ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । सोही अभियानका प्रमुख पात्र शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ गभर्नर नियुक्त गरेका हुन् ।

गभर्नर उर्जित पटेलले ९ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्री मोदीसँगको मतभेदका कारण राजीनामा गरेपछि दासले आरबीआईको नेतृत्व पाएका हुन् ।

Share News