सिभिल बैंकको प्रधान कार्यालय सिटिसीमा सर्यो, साधारण सभा अझै अनिश्चित

<p>काठमाडौं । सिभिल बैंकको प्रधान कार्यालय सिटिसी मलमा सरेको छ । मंसिर २६ गतेदेखि सिभिलको प्रधान कार्यालय सिटिसी मलमा रहनेछ । लामो समयको विवादपछि नेपाल राष्ट्र बैंकले सर्तसहित सिभिललाई सिटिसीमा सर्ने अनुमति दिएको हो । सिटिसी मलको स्वामीत्व र नक्सा पासमा विवाद रहेको छ । यसैबिच, सिभिल बैंकको साधारण सभा अझै अनिश्चित रहेको छ । बैंकले [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकको प्रधान कार्यालय सिटिसी मलमा सरेको छ । मंसिर २६ गतेदेखि सिभिलको प्रधान कार्यालय सिटिसी मलमा रहनेछ । लामो समयको विवादपछि नेपाल राष्ट्र बैंकले सर्तसहित सिभिललाई सिटिसीमा सर्ने अनुमति दिएको हो । सिटिसी मलको स्वामीत्व र नक्सा पासमा विवाद रहेको छ ।

यसैबिच, सिभिल बैंकको साधारण सभा अझै अनिश्चित रहेको छ । बैंकले आर्थिक बर्ष २०७३/७४ को साधारण सभा गर्न अझै नसकेको हो ।
२०७४ मा वित्तिय विवरण स्वीकृत भएपनि सञ्चालक समितिको चयन सर्वसम्मतिले गर्ने प्रयासका कारण साधारण सभा अनिश्चत बन्दै आएको हो ।

‘सञ्चालक समितिको चयन सहमतिले गर्ने प्रयास गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृतको स्वास्थ्यमा केहि समस्या आउँदा पनि साधारण सभामा ढिलाई भएको हो’, सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले विकासन्युजसँग भने ।

Share News