एनआईसी एशियाको नयाँ शाखा झापा गाउँपालिकामा, वासताल २०९ अर्ब

<p>काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापा बजारमा स्थापना गरेको छ । सो शाखा झापा गाउँ पालिका अध्यक्ष जय नारायण शाहले आइतबार उद्घाटन गरेका छन् । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुक भर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर [&hellip;]</p>

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापा बजारमा स्थापना गरेको छ । सो शाखा झापा गाउँ पालिका अध्यक्ष जय नारायण शाहले आइतबार उद्घाटन गरेका छन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुक भर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुक कै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जनाएको छ ।

बैंकको वासलातको आकार २०९ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ ।

Share News