काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडबीच एक आपसमा ‘गरिमा रेमिट’ र ‘सूर्योदय रेमिट’ सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । उक्त सेवा सञ्चालन गर्ने सम्बन्धि गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सनराईज बैंकको तर्फबाट सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सनराईज बैंकका सम्पूर्ण शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सक्ने छन् । त्यस्तै, गरिमा विकास बैंकका जुनसुकै शाखा कार्यालयबाट ‘सूर्योदय रेमिट’ मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।