नागरिक लगानी कोषले ब्याज लिन बोलायो, सोमबारदेखि वितरण सुरु

<p>काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको ब्याज लिन नागरिक एकाँकी योजनामा सहभागी कर्मचारीलाई बोलाएको छ । कोषले एकाँकी योजनाअन्र्तगत गत आर्थिक वर्षमा दिने ब्याजदर सोमबारदेखि वितरण गर्ने जानकारी दिएको छ । कोषले वचत योजनामा ६.५ प्रतिशत ब्याज दिएको छ । तर चालु आर्थिक वर्षदेखि ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुगेको छ । [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको ब्याज लिन नागरिक एकाँकी योजनामा सहभागी कर्मचारीलाई बोलाएको छ ।
कोषले एकाँकी योजनाअन्र्तगत गत आर्थिक वर्षमा दिने ब्याजदर सोमबारदेखि वितरण गर्ने जानकारी दिएको छ ।

कोषले वचत योजनामा ६.५ प्रतिशत ब्याज दिएको छ । तर चालु आर्थिक वर्षदेखि ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुगेको छ । निजामति तथा अन्य संस्थाका कर्मचारीको मासिक तलवबाट रकम कट्टा गरी कोषमा जम्मा हुदै आएको छ ।

कोषले वचत वृद्धि कोषमा दिने र कर्जा सापटीमा लिने दुबैको ब्याजदर बढाएको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी वचत वृद्धि र कर्जा सापटीको ब्याजदर बढाएको हो । कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको छ । गत असारसम्म कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिदै आएको थियो ।

Share News