झण्डै २ दशकपछि नेपालमा बिजुली छ्यालव्याल, माग भन्दा १०० मेगावाट आपूर्ति बढी

<p>काठमाडौं । लामो समयपछि प्रणालीमा माग भन्दा बढी बिजुली आपूर्ति भएको छ । प्रणालीमा अहिले माग भन्दा झण्डै १०० मेगावाट हारहारीमा बिजुली बढी रहेको छ । हाल बिजुलीको माग ११७५ देखि १२०० मेगावाट रहेको छ । तर आपूर्ति भने १३०० मेगावाट रहेको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । उनले लामो [&hellip;]</p>

काठमाडौं । लामो समयपछि प्रणालीमा माग भन्दा बढी बिजुली आपूर्ति भएको छ । प्रणालीमा अहिले माग भन्दा झण्डै १०० मेगावाट हारहारीमा बिजुली बढी रहेको छ । हाल बिजुलीको माग ११७५ देखि १२०० मेगावाट रहेको छ ।

तर आपूर्ति भने १३०० मेगावाट रहेको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । उनले लामो समयपछि प्रणालीमा बढी बिजुली आपूर्ति भएको जानकारी दिए । श्रेष्ठका अनुसार विद्युत प्राधिकरणका आयोजनाबाट ४५०, भारतबाट ५०० र निजी उत्पादकबाट ३५० देखि ४०० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । माग भने बढीमा १२०० मेगावाट पुग्ने गरेको छ । आन्तरिक उत्पादनबाट मात्रै ९०० मेगावाट हारहारीमा बिजुली आपूर्ति हुने गरेको छ ।

हाल ठुला आयोजना कालिगण्डकी, १४४, मध्यमस्र्याङदी ७०, तल्लोमस्र्याङदी ६९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । वर्षाद सुरु भएपछि सबै आयोजना पुर्ण क्षमतामा सञ्चालन भइरहेको प्रमुख श्रेष्ठले बताए । यस्तै एक मात्र जलासययुक्त आयोजना कुलेखानीमा पानीको सतह १ हजार ५०५ मिटर रहेको छ । गत वर्षको भन्दा ५ मिटर बढी रहेको उनले सुनाए ।

उद्योगलाई ३०० मेगावाट व्यवस्था गरेपनि २०० मेगावाट हारहारीमा खपत हुने गरेको छ । बढी बिजुलीको माग हुने साँझमा उद्योग सञ्चालन कम हुने भएकाले त्यसबेला बिजुलीको माग कम भएको उनको भनाई छ । दुई दशकपछि नेपालमा पहिलो पटक बिजुली छ्यालव्याल भएको हो ।

मुलुक लोडसेडिङमुक्त भएपछि बिजुलीको मागमा पनि कमी आएको छ । विद्युत प्राधिकरणले यो वर्ष बिजुलीको माग १५०० मेगावाट बढी हुने प्रक्षेपण गरेपनि १२०० मेगावाटको हारहारीमा मात्र माग भएको छ । लोडसेडिङ भइरहेको भए यो माग १५०० मेगावाट नाघने थियो ।

 

Share News