राजस्थानमा हुरी आउँदा नेपालमा पानीसँगै खस्यो लेदो माटो, झरीमा नभिज्न मौसम विदको अनुरोध

<p>काठमाडौं । राजधानी काठमाडौं उपत्यका सहित देशैभर पानीसँगै लेदो माटो खसेको छ । शुक्रबार राति परेको पानीसँगै लेदो माटो खसेको हो । काठमाडौंका घरका छतहरुमा लेदो माटो भेटिएको छ भने बिराटनगर, झापा, दाङ, बिरगञ्ज, नेपालगञ्ज, पोखरा लगायतका ठाउँमा पानीसँगै लेदो माटो खसेको जल तथा मौसम विज्ञान विभागका मौसम विद सुवास रिमालले जानकारी दिए । राजस्थानको [&hellip;]</p>

झरीले भिजेको स्कुटरमा लागेको लेदो माटो

काठमाडौं । राजधानी काठमाडौं उपत्यका सहित देशैभर पानीसँगै लेदो माटो खसेको छ । शुक्रबार राति परेको पानीसँगै लेदो माटो खसेको हो । काठमाडौंका घरका छतहरुमा लेदो माटो भेटिएको छ भने बिराटनगर, झापा, दाङ, बिरगञ्ज, नेपालगञ्ज, पोखरा लगायतका ठाउँमा पानीसँगै लेदो माटो खसेको जल तथा मौसम विज्ञान विभागका मौसम विद सुवास रिमालले जानकारी दिए ।

राजस्थानको मरुभूमीमा आँधी आएपछि त्यसले उडाएको धुलो नेपालमा बर्षसँगै खसेको उनले बताए ।‘राजश्थानको मरुभूमीमा आँधीले चलेको छ, त्यसले उडाएको धुलो माटो नेपालमा बर्षसँगै खसेको हो’, मौसम विद रिमालले भने । उनले केहि दिन आकासबाट परेको पानीमा नभिज्न आग्रह समेत गरेका छन् । ‘मरुभूमीको माटो पानीसँगै खसिरहेको छ, त्यसले स्वास्थ्यमा केहि असर गर्न सक्छ, त्यसैले केहि दिन झरीमा नभिज्न अनुरोध गरेका छौं’ , रिमालले भने ।

नेपालको पश्चिम भेगबाट नेपाल प्रवेश गरेको धुलो पहाडमा भन्दा तराई क्षेत्रको पानीमा बढि देखिएको छ । आइतबार साँझदेखि पानीमा लेदो माटो आउने क्रम रोकिने अनुमान गरिएको उनले दावी गरे । यस अघि हिउँदमा मात्रै राजश्थानको मरुभूमीमा आँधी आउने र त्यसले उडाएको धुलो हावासँगै नेपालमा पनि आउने गरेको थियो । तर यसपाली पानीसँगै धुलो आएको हो ।

Share News