अब स्वास्थ्य चेकजाँच गर्न अस्पताल धाउनै नपर्ने, औँठा छाप लागेपछि ३० रोग पत्ता लाग्ने

<p>काठमाडौं । बिरामी भएर वा आफ्नो स्वास्थ्य अवस्था बुझ्नु परेमा अस्पताल नै नगई आफ्नो घरमा नै रिपोर्ट आउने भएको छ । बिरामीले आफ्नो हातको बुढी औला राखेपछि टेलिमेडिसीयनले तत्कालै विशेषज्ञ डाक्टरमार्फत रिपोर्टका बारेमा जानकारी दिने उपकरण नेपालमा आएको हो । सञ्चालमा ल्याईएको टेलीमेडीसीयन ३ किलो तौलको मात्र छ । यो हातमा नै सजिलैसँग बोकेर हिड्न [&hellip;]</p>

काठमाडौं । बिरामी भएर वा आफ्नो स्वास्थ्य अवस्था बुझ्नु परेमा अस्पताल नै नगई आफ्नो घरमा नै रिपोर्ट आउने भएको छ । बिरामीले आफ्नो हातको बुढी औला राखेपछि टेलिमेडिसीयनले तत्कालै विशेषज्ञ डाक्टरमार्फत रिपोर्टका बारेमा जानकारी दिने उपकरण नेपालमा आएको हो ।

सञ्चालमा ल्याईएको टेलीमेडीसीयन ३ किलो तौलको मात्र छ । यो हातमा नै सजिलैसँग बोकेर हिड्न सकिने खालको छ । आइसीइटीफोरडीका इन्चार्ज पवन शाक्यले डाक्टरहरुको सेवा सीमित स्थानहरुमा मात्र उपलब्ध भएकाले रोग पत्ता लगाउन समस्या आउने गरेकोमा यो उपकरणले सहज बनाएको बताउछन् । घुम्ती स्वास्थ्य सेवा सिमित अवधिको लागि मात्र संचालित भैरहेका छन् । यस्ता चुनौतीबाट पनि यसले छुटकारा दिने शाक्यले बताए ।

यो उपकारण धेरै मंहगो पनि छैन । यसको मूल्य ६ लाख रुपैयाँ मात्रै हो । यो उपकरण स्वास्थ्य चौकीहरुमा राखेर संचालन गर्न तयारी भैरहेको छ । आइसीइटीफोरडीले हाल दैलेखको दुरामा टेलिमेडीसीयन राखेर धुलिखेल अस्पतालबाट बिरामीको रिपोर्ट केहि समयमा नै दिने प्रक्रियामा छ ।

यो उपकरणले बिरामीको ३० ओटा रोगहरुको पहिचान गराउने छ । यो उपकरण नेटको सहायताले डाक्टरसँग जोडिन्छ । यो उपकरण विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर नेपालमा भित्रिएको हो । यो उपकरण अमेरिकाबाट खरिद गरेर नेपालमा ल्याएको हो ।

यसरी प्रयोग हुन्छ टेलिमेडिसीयन

टेलिमेडिसीयन उपकरणले झोलामा क्लिनिकको अवधारणा अनुरुप हरेक वडामा रहेका स्वास्थ्यकर्मीहरुद्धारा प्रत्येक वडावासीहरुको नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा विशेष असक्षम व्यक्तिहरुलाई घरआँगनमा नै गई स्वास्थ्य सेवा दिन सकिन्छ ।

स्वास्थ्य सम्बन्धि डेटालाई हेरेर सम्भावित रोगहरुको समयमा नै सूचना दिई रोकथामको व्यवस्था गर्न सकिने छ । स्वास्थ्यकर्मीहरुले तत्कालै विरामीको अवस्थाको बारेमा अस्पतालमा रहेका डाक्टरहरुलाई सूचना दिई परामर्श थाल्न सकिन्छ ।

 

Share News