गभर्नर भन्छनः पैसाले काँग्रेस/कम्युनिष्ट चिन्दैन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाले काँग्रेस/कम्युनिष्ट नचिन्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी भएका गभर्नर डा. नेपालले भने–पैसाले काँग्रेस कम्युनिष्ट चिन्दैन्, सम्पति सुद्धिकरणमा दायाँ बाँया भयो भने दातृ निकायहरुले सहयोग रोकिदिन्छन । त्यसैले सम्पति सुद्धिकरणमा सचेत हुनुपर्छ । उनले सम्पति सुद्धिकरणमा ध्यान नदिएकैले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाले काँग्रेस/कम्युनिष्ट नचिन्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी भएका गभर्नर डा. नेपालले भने–पैसाले काँग्रेस कम्युनिष्ट चिन्दैन्, सम्पति सुद्धिकरणमा दायाँ बाँया भयो भने दातृ निकायहरुले सहयोग रोकिदिन्छन । त्यसैले सम्पति सुद्धिकरणमा सचेत हुनुपर्छ ।

उनले सम्पति सुद्धिकरणमा ध्यान नदिएकैले पाकिस्तानलाई अन्तराष्ट्रिय दातृ निकायहरुले सहयोग कटौती गरेको समेत स्पष्ट पारे । ‘पाकिस्तानले सम्पति सुद्धिकरणमा ध्यान दिएन, त्यसैले विदेशी सहयोग कटौती भएको छ, दाताहरुले सहयोग कम गरेपछि यतिबेला चीनसँग ऋण लिन थालेको छ’, गभर्नर डा. नेपालले भने ।

उनले पैसाले देश र सिमानाहरु नचिन्ने बताउँदै मुद्राको अन्तराष्ट्रिय मूल्य हुने बताउँदै भने–सम्पति सुद्धिकरणमा कडा हुनै पर्छ, नत्र संसारले नाका बन्दी लगाउँछन । गभर्नर डा. नेपालले आगामी मौद्रिक नीतिको उदेश्य उत्पादन बढाउनु, व्यापार घाटा कम गर्नु र आर्थिक वृद्धिदर बढाउनु रहेको स्पष्ट पारे ।

घर जग्गा र सवारी साधनमा धेरै ऋण प्रवाह भएकाले त्यसलाई कटौती गर्न सरकारले कर बढाएको र केन्द्रिय बैंकले कर्जा कटौतीको निर्णय लिनु परेको पनि स्पष्ट पारेका थिए ।

Share News