काठमाडौं । नेपाल र बंलादेशबीचको उच्च स्तरीय वाणिज्य बैठकबाट दुवै देशको राजधानी जोड्न सिधै बस सेवा सञ्चालन गर्ने सहमति भएको छ । सहमतिअनुसार नेपालकाे राजधानी काठमाडाैंदेखि सिधै बंलादेशकाे राजधानी ढाकासम्म बस सञ्चालन हुनेछ ।

साथै वैठकमा दुई देशबीच निकासी पैठाहरीलाई सुधार गर्न नेपालबाट बंलादेश निर्यात हुने कृषिजन्य वस्तुहरुमा भन्सार छुट दिने सहमति बंलादेशले जनाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए ।
उनका अनुसार यी बाहेक वैठकमा नेपाली मालबाहक ट्रक सम्बन्धमा, बंलादेशको अप्रूवल भिषा, राजधानीबाहिरबाट सिधै बंलादेश उडान भर्ने लगायत विषयमा समेत नेपाल र बंलादेशबीच सहमति भएको छ ।
बुधबारदेखि शुरु भएको उक्त उच्च स्तरीय वैठक बिहीबारसम्म चल्ने भएता पनि एक दिन लम्बिन गइ शुक्रबार मात्रै टुङ्गीएको थियो । नेपालकोतर्फबाट वैठकको नेतृत्व मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले भने बंलादेशकोतर्फबाट समकक्षी सुभाससिस वोसले गरेका थिए । वैठकको सहमति पत्रमा द्वय सचिवहरु घिमिरे र वोसले हस्ताक्षर गरेका छन् । विगतमा भएकाे नेपाल र बंलादेशसँगका सन्धि, सम्झौताहरुलाई व्यवाहारमा लागू गर्ने गरि भएको उक्त महत्वपूर्ण वैठकमा दुवै देशका वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेकाे थियो ।
काठमाडाैंबाट सिधै बंलादेशको राजधानी ढाकामा बस पुग्ने
वैठकमा नेपालको राजधानी काठमाडौंबाट सिधै बंलादेशको राजधानी ढाकासम्म बस सञ्चालन गर्ने सम्बन्धमा नेपाल र बंलादेशबीच सहमति भएको छ । ‘बस सञ्चालनबाट दुवैदेशको व्यापारीक सम्बन्ध मजवुद हुनेको साथै आवत जावतको लागनी घट्ने, सहज यात्रा हुने लगायत फाइदा हुन्छ,’ उनले भने ।
अब नेपालबाट बंलादेशसम्मै ट्रक पुग्ने
त्यस्तै अर्को महत्वपूर्ण सहमतिमा नेपालबाट गएको ट्रक भारतको बंलावन नाकासम्म मात्रै जानेगरेकोेमा त्यसभन्दापनि भित्र बंलादेशसम्म नै पुग्ने भएको छ । वैठकमा नेपालले उठाएको एजेन्डाप्रति सकरात्मक हुदै सिधै भारत र बंलादेशको सीमामा रहेको चटगाउँ र मंलापुर पोर्टसम्म पुग्न दिने सहमति भएको प्रवक्ता सैंजुल बताए ।
जसले बीचबाटोमै गाडी फेर्नुपर्ने झन्झट लगायतको समस्या हल हुने र निस्फिक्री मालमाहक गाडी बंलादेश पोर्ट पुग्ने उनको भनाइ छ । उनका अनुसार त्यसले तेस्रो मुलकसँगको व्यापारमा वृद्धिमा समेत सहयोग पुर्याउनेछ । बंलादेशसँग १९७६ मा उक्त पोर्टसम्म ट्रक जान दिने संधि भएपनि व्यवहारमा आउन सकेको थिएन । सैद्धान्तिक रुपमै सिमित थियो । त्यसालाई व्यवाहारमा ल्याउा अपरेटीङ मोडालिटी लगायतका आवश्यक प्रक्रिया अघि बढने भएको हो ।
बंलादेशले अलैंची, अदुवा र अम्रिसोमा भन्सार घटाउने
बंलादेशले नेपालबाट धेरै मात्रामा निर्यात हुने कृषिजन्य वस्तुहरुको भन्सार घटाउने सहमति गरेको छ । बंलादेशले ती वस्तुमा भन्सार अत्यधिक लगाएको भन्दै घटाउन अनुरोध गरेपछि उक्त देशले सहमत जनाएको हो । जस अनुसार बंलादेश निर्यात हुने अलैंची, अम्रिसो, अदुवा लागयतको भन्सारदर घटाउने सहमति छ ।
त्यस्तै नेपालदेखि बंलादेश निर्यात गर्ने क्रममा समय–समयमा देखिएको क्वारेन्टाइनको समस्या हल गर्न नेपालस्थित सम्बन्धित निकायसँग छलफल, सम्झौता लागायत प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
प्रवक्ता सैंजुका अनुसार विगत केही वर्षदेखि बंलादेशले अवरोध गरेको धागो (यार्न) को अबरोध खोल्ने समेत सहमति भएको छ । नेपालबा बंलादेशमा विगतमा वार्षिक करिब ६ अर्ब रुपैयाँको धागो निर्यात हुन्थ्यो । सहमति भएसँगै बंलादेशमा पुनः धागो निर्यातको बाटोे खुलेको छ ।
अप्रूवल भिषा दिनेमा सहमत
नेपालमा आउने बंलादेशीलाई अप्रूवल भिषा दिने गरिएको छ । नेपालबाट बंलादेश जाने विद्यार्थीहरुको लागि पनि त्यस्तै अप्रूवल भिष दिलाउन आग्रह गरिएकोमा दिने सम्बन्धमा समझदारी भएको मन्त्रालयले जानकारी दिएको छ । बंलादेशमा नेपालबाट धेरै विद्यार्थीहरु अध्ययन गर्नका जाने गरेका छन् ।
त्यस्तै वैठकमा विराटनगर, भद्रपुर लगायत राजधानीबाहिरबाट बंलादेशका सहरहरुमा हवाई उडान सञ्चालन गर्ने समेत सहमित भएकाे छ । यीबाहेक दिर्घकालीन रुपमा नेपाल–बंलादेश–भारत रेल र पानी जहाज सञ्चालनको सम्भाव्यता सम्बन्धमा व्यापक छलफल भएको प्रवक्ता सैजुले विकासन्युजलाई जानकारी गराए ।