अन्तशुल्क बृद्धिसँगै गाडीकाे भाउ ३० लाखसम्म बढ्ने

<p>काठमाडौं । सरकारले करको दर बढाउदा सवारीसाधानको मूल्य न्युनतम ५ लाखदेखि ३० लाख रुपैयाँ बढ्ने भएको छ । सरकाले ल्याएको आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मोटरसाइकालमा ५ लाख र कार, जीप लगायतको गाडीको ३० लाख रुपैयाँसम्म भाउ बढ्ने देखिएको हो। सरकारले प्रस्तुत गरेको बजेटको आधारमा दुई पाङ्ग्रे र चारपांग्रे सवारी साधनको मूल्य ह्वात्तै बढ्ने [&hellip;]</p>

काठमाडौं । सरकारले करको दर बढाउदा सवारीसाधानको मूल्य न्युनतम ५ लाखदेखि ३० लाख रुपैयाँ बढ्ने भएको छ । सरकाले ल्याएको आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा मोटरसाइकालमा ५ लाख र कार, जीप लगायतको गाडीको ३० लाख रुपैयाँसम्म भाउ बढ्ने देखिएको हो।

सरकारले प्रस्तुत गरेको बजेटको आधारमा दुई पाङ्ग्रे र चारपांग्रे सवारी साधनको मूल्य ह्वात्तै बढ्ने अटो व्यवसायीहरुले बताएका छन् । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा लाग्ने अन्तशुल्क बृद्धि गरेको छ ।

त्यस्तै १ हजार सीसीभन्दा बढीका चारपाङ्ग्रे गाडीमा सरकारले अन्तशुल्क बृद्धि भएको छ। नयाँ बजेटले अटोमोबाइल क्षेत्रमा हलचल नै मच्चाएको व्यवसायीको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा अटोव्यवसायी शेखर गोल्छाले सरकारले सवारी साधनमा नयाँ अन्तशुल्क कायम गरेसँगै मोटरसाइकलमा ५ लाख, कार, जिप लगायतका सवारीसाधनमा ३० लाख रुपैयाँसम्म भाउ बढ्ने बताए । ‘मोटरसाइलमा मात्रै ३५ हजारदेखि ५ लाख रुपैयाँसम्म मूल्य बढ्ने देखिन्छ,’ उनले भने ‘नेपाली बजारमा पछिल्लो समय ४०० सीसीभन्दा बढीका मोटरसाइकलहरु भित्रिरहेको छ ।’
बजेटले त्यस्ता मोटरसाइकलको मूल्य अधिक बढ्ने उनले जानकारी दिए ।

त्यस्तै उनले चारपाङ्ग्रे सवारीसाधनको मूल्य समेत २ देखि ३० लाख रुपैयाँसम्म बढ्न सक्ने गोल्छाको भनाई छ । उनले अहिले मुलुकमा सवारी साधनहरु विलासी साधनको रुपमा मात्र प्रयोग नभई सुरक्षा र सहजताको लागि उपयोग भएको भन्दै सरकारको नीतिको कारण मध्यम वर्गले उपयोग गर्दै आएको सवारी साधनहरु अब उनीहरुलाई धान्न गाह्रो हुने बताए । ‘अब मध्यम बर्गले राम्रो गाडी चढ्न नसक्ने अवस्था भयो,’ उनले थपे ‘अटोमोबाइलको बजार घट्नेछ ।’

उनको अनुसार पछिल्लो समय नेपाली बजारमा विश्वकै महंगा दुई वा चार पाङ्ग्रे सवारी साधनहरु भित्रिन थालेको थियो । त्यस्ता सवारी साधनहरुको आयातमा पनि ह्वात्तै कमि आउने उनको बुझाइ छ ।

अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) का पूर्व उपाध्यक्ष तथा अटो व्यवसायी शिवराज गिरीले बजेटमार्फत सरकारले अटोमोबाइल क्षेत्रमा ल्याएको नीतिप्रति दुख व्यक्त गरे । ‘मुलकुमा कृषि, निर्माण कार्य लगायतमा अहिले दुई र चार पङ्ग्रे सवारीसाधन आधारभूत आवश्यकताको रुपमा प्रयोग भइरहेका छन्,’ उनले भने ‘यस्ता साधनलाई विलासी वस्तुको रुपमा सरकारले लिन दुखको कुरा हो ।’

उनले अहिले सारकारले सवारी साधनहरुको अन्तशुल्क मात्र नभइ सडक निर्माण दस्तुर समेत बढाएको बताए । सडक बनाउनअघि निर्माण दस्तुर लिनु मुनासिव नभएको उनको तर्क छ ।

अटो व्यवासायीका अनुसार १२ सय सीसीभन्दा बढीको कार, जीप, भ्यान लगायतका सवारी साधनहरु प्रयोग भइरहेको छ ।

सरकारले सडक निर्माण दस्तुरको रुपमा पछिल्लो नीति अनुसार २ हजार सीसीसम्मका कार, जीप र भ्यानमा मूल्यको ८ प्रतिशत र २ हजार सीसीभन्दा माथिका गाडीहरुमा मूल्यको १० प्रतिशत कर लिने भएको छ ।

Share News