जर्मनीलाई उछिन्दै तेस्रो स्थानतर्फ भारत, भविष्यमा विश्वकै नम्बर एक अर्थतन्त्र हुने दाबी
काठमाडौं । भारत विश्वमै सबैभन्दा छिटो वृद्धि भइरहेको अर्थतन्त्र हो । हाल अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो स्थानमा छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) रिसर्चको एक रिपोर्टले भारत चाँडै जर्मनीलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सक्ने जनाएको छ । यसैक्रममा अमेरिकी लगानी कम्पनी कार कार्लाइल ग्रुपका सह–संस्थापक डेभिड रुबेनस्टीनले भारत केही दशकभित्रै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने दावी गरेका छन् । उनले स्विट्जरल्यान्डको दावोसमा भइरहेको विश्व आर्थिक मञ्चका क्रममा इकोनोमिक्स टाइम्ससँगको विशेष अन्तर्वार्तामा यो कुरा बताएका हुन् । रुबेनस्टीनले भने, ‘मलाई लाग्छ २०–३० वर्षभित्र भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ ।’ उनले अमेरिका–भारत सम्बन्धबारे कुनै चिन्ता नरहेको पनि बताए । उनका अनुसार राष्ट्रपति ट्रम्प सामान्यतया भारतसँगको अमेरिकाको सम्बन्धप्रति निकै सकारात्मक रहँदै आएका छन् । उनले आफ्ना अत्यन्त नजिकका सहयोगीमध्ये एकलाई राजदूतका रूपमा पठाएका छन् । रुबेनस्टीनले भारतीय नीति–निर्मातालाई विश्वव्यापी प्राइभेट क्रेडिट, प्राइभेट इक्विटी र प्राइभेट लगानीलाई पश्चिमी ढाँचाको मात्र लगानीका रूपमा नहेर्न आग्रह गरे । उनका अनुसार जब प्राइभेट इक्विटी र प्राइभेट क्रेडिट बजारलाई फस्टाउन दिइन्छ, तब पर्याप्त पूँजी भएका भारतीय उद्यमीहरू पनि यस क्षेत्रमा प्रवेश गर्छन् । यस्ता नीतिहरूले धेरैलाई भारतमै बस्न र लगानी गर्न प्रोत्साहन गर्नेछन् । रुबेनस्टीनका अनुसार प्राइभेट इक्विटी भनेको सेयर बजारमा सूचीकृत नभएका कम्पनीहरूमा सिधै पुँजी लगानी गर्नु हो । अर्थात् सेयर किनबेच हुने बजारमार्फत होइन, कम्पनीसँग प्रत्यक्ष साझेदारी गरेर लगानी गरिन्छ । यसले ती कम्पनीहरूलाई विस्तार, प्रविधि सुधार वा व्यवस्थापन सुदृढीकरणका लागि आवश्यक पूँजी उपलब्ध गराउँछ । त्यसैगरी, प्राइभेट क्रेडिट भनेको परम्परागत बैंकिङ प्रणालीबाट ऋण नलिई कम्पनीहरूले निजी लगानीकर्ताबाट सिधै ऋण लिने प्रक्रिया हो । बैंकको लामो प्रक्रिया र कडा सर्तभन्दा बाहिर रहेर आवश्यक पूँजी जुटाउन सकिने भएकाले पछिल्लो समय यो विकल्प लोकप्रिय बन्दै गएको छ । यी दुवै लगानीका ढाँचा परम्परागत वित्तीय प्रणालीभन्दा फरक, नयाँ र लचिलो उपायका रूपमा विकसित हुँदै आएका छन् । यही रणनीतिअन्तर्गत उक्त समूहले भारतमा विभिन्न क्षेत्रका कम्पनीहरूमा हालसम्म ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ, जसले निजी लगानीको बढ्दो प्रभाव र महत्व देखाउँछ । उनले ट्रम्पको चीन नीति चीनलाई नोक्सान पुर्याउने उद्देश्यले नभई व्यापारिक असन्तुलन सुधार्न केन्द्रित रहेको पनि बताए । रुबेनस्टीनले भने, ‘जब चीनले अमेरिकासँग केही चुनौतीहरू रहेको महसुस गर्यो, तब उसले आफ्ना उत्पादन अन्य बजारमा बेच्न थालेको छ । त्यसैले अहिले चीनको वार्षिक व्यापारिक अधिशेष एक ट्रिलियन डलरभन्दा बढी छ, जुन अन्य बजारमा बिक्री बढाएका कारण सम्भव भएको हो ।’ यसैक्रममा रुबेनस्टीनले रुस–युक्रेनको मुद्दा पनि उठाएका छन् । उनका अनुसार ट्रम्पका लागि चीनभन्दा पनि रुस–युक्रेनको विषय ठूलो मुद्दा हो । उनले भने, ‘ट्रम्पलाई लाग्छ कि राष्ट्रपति सी जिनपिङसँग उनको राम्रो सम्बन्ध छ र उनीहरू यस वर्ष कम्तीमा दुई पटक भेट्नेछन् । सम्भवतः उनीहरूबीच कुनै सम्झौता पनि हुन सक्छ ।’ २०२८ मा जर्मनीलाई उछिन्दै भारत, ५ ट्रिलियन डलर अर्थतन्त्र बन्ने प्रक्षेपण
ओलेरीको मस्कलाई जवाफः र्यान एयरको स्वामित्व इयू बाहिरको व्यक्तिले लिन मिल्दैन
काठमाडौं । र्‍यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले अर्बपति उद्यमी एलन मस्कलाई सङ्केत गर्दै युरोपेली सङ्घको नियमले गैर-युरोपेलीलाई आयरिश एयरलाइन्स नियन्त्रण गर्न निषेध गर्ने बताएका छन् । अमेरिका र क्यानडाको नागरिकता भएका दक्षिण अफ्रिकामा जन्मेका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा र्‍यान एयर किन्ने बारेमा एक सर्वेक्षण चलाएको विषयमा ओलेरीको यो भनाइ आएको हो । ‘गैर-युरोपेली नागरिकले युरोपेली एयरलाइन्सको बहुसङ्ख्यक हिस्सा स्वामित्व लिन सक्दैनन्,’ आलेरीले अर्को हप्ता सार्वजनिक गरिने कम्पनीको आय अद्यावधिक गर्नुअघि बुधबार डब्लिनको पत्रकार सम्मेलनमा भने, ‘तर यदि उहाँ (मस्क) र्‍यान एयरमा लगानी गर्न चाहनुहुन्छ भने, हामी सोच्छौं कि यो धेरै राम्रो लगानी हो, निश्चित रूपमा उहाँले एक्समा कमाएको वित्तीय प्रतिफल भन्दा उल्लेखनीय रूपमा राम्रो लगानी हो ।’ उनले थप प्रचारको लागि मस्कलाई धन्यवाद दिए । र्‍यान एयरको बिक्रीका लागि सार्वजनिक रूपमा सूचना आएपछि यात्रीहरूको सङ्ख्याका आधारमा युरोपको सबैभन्दा ठूलो एयरलाइन्स मानिने र्यानएयर किन्ने बिषयमा सार्वजनिक राय लिइरहेका मस्कले केही दिनदेखि सुझाव लिइरहेका पाइन्छ । टेस्लाको स्थापना गरेका र आफ्नो एयरोस्पेस कम्पनी स्पेसएक्सले विकास गरेको स्याटेलाइट इन्टरनेट प्रणाली स्टारलिङ्कका प्रमुख मस्क विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये शीर्षस्थानमा रहेका उद्यमी हुन् । आयरल्याण्डका नागरिक ओलेरीले आफ्नो विमानमा वाइफाइ जोड्न स्टारलिङ्क प्रयोग गर्न अस्वीकार गरेपछि मस्कको यो भनाइ आएको हो । र्‍यान एयरका यात्रुले पनि इन्टरनेट सेवाको खर्च तिर्न चाहँदैनन्, मस्कले विमानको प्रयोग गर्ने यात्रुको अवस्थाप्रति व्यङ्ग्य गर्दै लेखेका छन् । मस्कले ओलेरीलाई ‘मूर्ख’ व्यक्ति को रूपमा वर्णन गर्दै बर्खास्त गर्न आव्हानसमेत गरेका छन् । र्‍यान एयरको बजार मूल्य करिब ३० अर्ब युरो (३५ अर्ब डलर) रहेको छ । युरोपेली सङ्घको नियमले युरोपेली सङ्घका नागरिक वा युरोपेली सङ्घ बाहिरका केही निश्चित युरोपेली देशहरूको स्वामित्वमा रहेको एयरलाइन्स हुनुपर्ने व्यवस्था गरेको छ । मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमा ‘एक्स’ किनेका थिए ।
एशियाली सेयर बजार घट्दा सुनको मूल्य पहिलो पटक ४ हजार ८०० डलर नाघ्यो
वासिङ्टन । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ । टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०.२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने ०.२ प्रतिशतले बढेको छ । सुनको मूल्य पहिलो पटक प्रति तोलामा चार हजार ८०० डलर नाघेको छ । लगानीकर्ताले अनिश्चित समयमा सुरक्षित सम्पत्तिमा पैसा लगाउने प्रवृत्ति देखाएका छन् । अमेरिकी सेयर बजारमा उतार–चढाव मंगलबार वॉल स्ट्रिटमा ठूला गिरावट आएपछि बुधबार अमेरिकी शेयर भविष्यका मूल्यहरू केही बढेका छन् । एस एण्ड पी ५०० को भविष्य मूल्य ०.३ प्रतिशतले बढेको छ भने डाउ जोन्स औद्योगिक सूची ०.२ प्रतिशतले बढेको छ । मंगलबार एस एण्ड पी ५०० २.१ प्रतिशतले घटेर ६ हजार ७९६.८६ मा पुगेको थियो । ठूला कम्पनीहरूको मूल्य घट्यो एनभिडिया कम्पनीको सेयर ४.४ प्रतिशतले घटेको छ । एप्पल ३.५ प्रतिशतले घटेको छ । खुद्रा विक्रेता, बैंक र औद्योगिक कम्पनीहरू पनि घाटामा रहेका छन् । जेपीमॉर्गन चेइस ३.१ प्रतिशत र क्याटरपिलर २.५ प्रतिशतले घटेको छ । अमेरिकी र जापानी नीतिगत बैठकको प्रतीक्षा अमेरिकी फेडरल रिजर्भले अर्को हप्तामा आफ्नो नीतिगत बैठक गर्ने तय गरेको छ । बजारले अनुमान प्रमुख ब्याजदरमा कुनै परिवर्तन नहुने लगाएको छ । जापानको केन्द्रीय बैंकले शुक्रबार आफ्नो पहिलो मौद्रिक नीतिगत बैठक सम्पन्न गर्नेछ । तेल र मुद्रा बजारको स्थिति तेल बजारमा अमेरिकी क्रूड तेल प्रति ब्यारेल ५६ सेन्टले घटेर ५९.८० डलरमा पुगेको छ । ब्रेन्ट क्रूड तेल ७० सेन्टले घटेर ६४.२२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । विदेशी मुद्रा बजारमा अमेरिकी डलर जापानी येनको सापेक्ष १५८.०८ मा आएको छ भने युरो स्थिर रहि १.१७१९ डलरमा कारोबार भइरहेको छ । रासस