स्ट्रेट अफ हर्मुजमा नयाँ कानुनी ढाँचा, द्वन्द्व अन्त्यका लागि इरानका यी हुन् ६ सर्त

काठमाडौं । तेहरानले अमेरिका-इजरायली आक्रमणको प्रतिक्रियामा पूर्वयोजनाबद्ध, बहुचरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि ६ वटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।  नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘महिनौ पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ । इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्ध विराम हुने अपेक्षा नगरेको पनि उनले बताए ।  ‘धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्,’ ती अधिकारीले भने ।  तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र व्यक्तित्वहरू विरुद्ध कानुनी कारबाहीसहित पूरा गर्नुपर्ने ६ वटा सर्त राखेको छ ।  फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य इरानी शहरहरूमा संयुक्त आक्रमण गर्दा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए । इरानले यसको इजरायल र मध्यपूर्वमा अमेरिकी आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलासहित प्रतिक्रिया दिएको थियो । 

एउटा मेसेजले खोल्यो श्रीमानको गोप्य संसार, दर्जनौँ बच्चाका ‘अदृश्य बुबा’ बनेका व्यक्तिको कथा

काठमाडौं । हरेक मान्छे एकनासको हुँदैन । बानी,व्यवहार, सोचविचार र जीवनशैली व्यक्तिपिच्छे फरकफरक हुन्छ । यही विविधता नै कहिलेकाहीँ जीवनसाथीबीचको सम्बन्धमा तनाव र दरार ल्याउने मुख्य कारण बन्छ । विवाहपछि एकअर्काका रुचि, बानी, मनपर्ने र नपर्ने कुराहरू तथा साना-साना विवरणहरू बुझ्नु र जान्नुलाई सधैं एउटा सफल र दिगो सम्बन्धको आधार मानिन्छ । जब दुई व्यक्तिबीच खुला संवाद र आपसी समझ हुन्छ, तब सम्बन्ध थप मजबुत बन्छ । तर आफ्नो साथीलाई राम्ररी नबुझ्दा, र अविश्वासका कारण सम्बन्धमा गहिरो चोट लाग्न सक्छ, कहिलेकाहीँ यो चोट निकै गहिरो हुन्छ । यसको एउटा चरम उदाहरण हालै बेलायतबाट सामने आएको छ । एक बेलायती महिलाले विवाहको २० वर्षपछि एउटा अकल्पनीय सत्य थाहा पाइन्, उनका पति एकजना वा दुईजना होइन, दर्जनौं बच्चाहरूका गुमनाम जैविक पिता रहेछन् ।  रिपोर्टअनुसार बेलायतमा बस्ने यो जोडीबीच सबै कुरा ठीकठाक चलिरहेको थियो । तर एउटा अज्ञात मेसेजले यो २० वर्ष पुरानो सम्बन्धमा दरार सिर्जना गरेको छ ।  महिलाले सामाजिक सञ्जालमा एउटा सन्देश प्राप्त गरिन्, जसबाट उनलाई थाहा भयो कि उनका पतिले वर्षौंदेखि उनलाई थाहा नदिई शुक्रकीट दान गर्दै आएका थिए । सुरुमा उनले सोचिन् कि यो केवल आर्थिक सहायता वा परोपकार हो, तर जब उनले गहिरो अनुसन्धान गरिन् तब बल्ल उनले आफ्नो पतिले क्लिनिकबाट सहयोग नलिई आफैले महिलाहरूलाई सम्पर्क गरेको थाहा पाइन् । रिपोर्ट अनुसार जब महिलालाई थाहा भयो कि उनका पतिले शुक्रकीट मात्र दान गरिरहेका छैनन्, बरु उनी गर्भवती हुन चाहने महिलाहरूसँग निरन्तर सम्पर्कमा थिए । उनलाई गर्भवती महिलाहरूलाई हेर्ने र सम्पूर्ण प्रक्रियाको हिस्सा बन्ने मानसिक लत थियो ।   उनी ती महिलाहरूलाई गोप्य रूपमा भेट्थे र उनीहरूको गर्भाधान प्रक्रियामा भाग लिँदा सान्त्वना पाउँथे ।  श्रीमतीका लागि भने यो घटना विश्वासघात थिएन तर मानसिक आघात थियो ।  उनी उक्त कुरा स्वीकार गर्न असमर्थ छिन् । यो विषय तबमात्र खुल्यो जब दाता समूहसँग सम्बन्धित एक महिलाले गल्तीले शुक्राणु दाताकी श्रीमतीलाई सन्देश पठाइन् ।  वास्तवमा श्रीमानले आफ्नो लागि छुट्टै डिजिटल पहिचान बनाएका थिए र ‘निःशुल्क दाता’ को रूपमा प्रसिद्ध थिए । उनले महिलाहरूसँग नजिक रहन सकून् भनेर क्लिनिक मार्फत सम्पर्क गर्नुको सट्टा सिधै सम्पर्क गर्ने छनौट गरेका थिए ।  जब श्रीमतीले उनको ल्यापटप र फोन जाँच गरिन्, उनले सयौं च्याट र तस्बिरहरू भेट्टाइन् । जसले उनको श्रीमानको दोहोरो जीवनको पर्दाफास गर्‍यो । कुनै पनि चिकित्सा पर्यवेक्षण वा कानुनी कागजात बिना यस प्रकारको ‘निजी दान’ स्वास्थ्यको लागि मात्र खतरनाक छैन । बरु यसले भावी पुस्ताका लागि समस्या सिर्जना गर्न सक्छ ।  पीडितले अब सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी छिन् र अन्य महिलाहरूलाई पनि चेतावनी दिइरहेकी छिन् कि तिनीहरू त्यस्ता ‘निःशुल्क दाताहरू’ को शिकार हुनुहुँदैन । किनभने यसको पछाडि कुनै राम्रो नियत नभएर बिरामी मानसिकता पनि हुन सक्छ ।

ट्रम्पको धम्की : इरानसँग युद्धविराम चाहँदैनौं तर सैन्य अभियान समाप्त गरेरै छाड्छौं

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई उनी इरानसँग युद्धविराममा रुचि नराख्ने बताएका छन् । ‘हामी संवाद गर्न सक्छौं, तर मलाई युद्धविराम गर्नु छैन,’ ट्रम्पले ह्वाइट हाउसको साउथ लनबाट फ्लोरिडा प्रस्थान गर्नुअघि भने, ‘जब तपाईं शाब्दिक रूपमा अर्को पक्षलाई ध्वस्त पार्दै हुनुहुन्छ, तब युद्धविराम गर्दैनन् ।’ ‘उनीहरूसँग नौसेना छैन । वायुसेना छैन । कुनै सैन्य सामग्री छैनन्,’ ट्रम्पले थपे । शुक्रबार दिउँसो ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले दाबी गरेका छन् कि अमेरिका ‘मध्यपूर्वमा हाम्रो महान् सैन्य प्रयासलाई समाप्त गर्ने विचार गर्दै आफ्ना उद्देश्यहरू पूरा गर्ने नजिक पुगिसकेको छ ।’ विश्वको तेल व्यापारको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको जुन–जुन राष्ट्रहरूले प्रयोग गर्छन्, आवश्यकतानुसार उनीहरूले नै रक्षा र निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘यदि माग भयो भने हामी यी देशहरूलाई होर्मुजसम्बन्धी प्रयासमा सहयोग गर्नेछौं, तर इरानको खतरा निर्मूल भएपछि त्यो आवश्यक हुँदैन,’ ट्रम्पले लेखेका छन् । ट्रम्पका यी टिप्पणीहरू अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको करिब तीन सातापछि आएका हुन्, जुन अहिले एउटा व्यापक क्षेत्रीय संघर्षमा परिणत भइसकेको छ ।  युद्ध सुरु भएदेखि नै इरानले जलसन्धि प्रभावकारी रूपमा बन्द गरेको छ । ट्रम्पले नाटो सहयोगीहरूलाई थप समर्थनका लागि दबाब दिँदै आएका छन् । शुक्रबार पनि उनले यो जलसन्धि अमेरिकालाई खासै महत्त्व नराख्ने बताएका थिए । जलसन्धिबाट हुने अधिकांश ऊर्जा ढुवानी एसियाली बजारतर्फ जान्छ । तर डालस फेडले शुक्रबार प्रकाशित एक रिपोर्टमा बन्दका आर्थिक प्रभावहरू अमेरिकासहित विश्वभर महसुस हुने बताएको छ । ट्रम्पले शुक्रबार जलसन्धि पुनः खोल्ने कार्यलाई सरल बताउँदै अन्य देशहरूको सहयोगसमेत खोजेका थिए । उनले चीन र जापानलाई पनि यसमा संलग्न हुन आह्वान गरे । हालै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ह्वाइट हाउसमा ट्रम्पलाई भेटेकी थिइन् । ट्रम्पले यसै साता भनेका थिए कि उनी इरानमा जमिनी सेना पठाउने छैनन् । तर शुक्रबार धेरै समाचार संस्थाहरूले पेन्टागनले मध्यपूर्वमा २ हजार ५०० सम्म मरिन सैनिक पठाउँदै गरेको रिपोर्ट गरेका थिए ।  गत एक सातामा यस्तो दोस्रो तैनाथी हो । इरान–इजरायल युद्धलाई लिएर अमेरिका र इजरायलबीचको सहकार्यमा दरार ! खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली