चक्रवात बिपरजोयको प्रभाव मुम्बइमा पनि, हवाई उडान प्रभावित

भारत । भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व–मध्य र आसपासको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधी ‘बिपरजोय’ ले अत्यधिक भीषण चक्रवाती आँधी मुम्बईमा अवतरण भएपछि शहर र वरपरका क्षेत्रमा भारी वर्षा र हावाहुरी चलेको छ । मुम्बई विमानस्थलका केही उडान रद्द वा ढिलो भएको र केहीले अवतरण रद्द गर्नुपरेको र सयौं यात्रुले आफ्नो उडानका लागि घन्टौँ पर्खनुपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘खराब मौसम र मुम्बई विमानस्थलको धावनमार्ग ०९/२७ अस्थायी रूपमा बन्द हुनुका साथै हाम्रो नियन्त्रणभन्दा बाहिरका अन्य कारणहरूले गर्दा हाम्रा केही उडानहरू ढिलाइ र रद्द भएका छन्,’ एयर इन्डियाले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ । सोमबार मुम्बईको मरिन ड्राइभमा पनि उच्च ज्वारभाटाको लहर देखिएको थियो र तटीय महाराष्ट्रका केही जिल्लाहरूमा आँधीबेहरीको चेतावनी जारी गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले चक्रवात ‘बिपरजोय’ बिहीबार गुजरातको सौराष्ट्र र कच्छ तट पार गर्ने सम्भावना छ, र ती क्षेत्रहरूमा उच्च आँधीको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुग्ने जानकारी गराएको छ । प्रशासनले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई निर्देशन दिएको छ । रासस

पाकिस्तानमा हावाहुरी र भारी वर्षाका कारण कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण ८ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका ४ जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका ५जना दाजुभाइको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता तैमुर अली खानले एएफपीसँग घरको छाना र पर्खाल भत्किँदा कम्तीमा १२ जना एकै स्थानमा पुरिएको बताए । उनका अनुसार १४० भन्दा बढी मानिस घाइते भएका छन् भने २०० भन्दा बढी पशुचौपाया मरेका छन् । प्रशासनले चारवटै जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ । यसैबीच, अरब सागर पार गर्दै पाकिस्तान र भारतको तटीय क्षेत्रतर्फ एक चक्रवात प्रवेश गरिरहेको छ । यो आँधीका कारण हप्ताको अन्त्यमा विभिन्न क्षेत्रमा बाढी तथा भूस्खलन हुने अनुमान गरिएको छ । पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तको तटीय क्षेत्रका आठ देखि नौ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गर्ने बताएका छन् । सहयोगका लागि सोमबारदेखि सेना परिचालन गरिने भएको छ । उक्त चक्रवातले मङ्गलबार साँझदेखि हावाहुरी, आँधीबेहरी र सहरी क्षेत्रमा बाढी आउन सक्ने विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ । माझीहरूलाई जुन १७ सम्म ९मौसमी० प्रणाली समाप्त नभएसम्म खुला समुद्रमा नजान मौसमसम्बन्धी निकायले सुझाब दिएका छन् । छिमेकी मुलुक भारतमा पनि यो आँधी पश्चिमी गुजरात राज्यको सौराष्ट्र र कच्छ क्षेत्र तथा आसपासका पाकिस्तानी तटीय क्षेत्र पार गर्ने सम्भावना रहेको मौसम विभागले आइतबार जनाएको छ । यसले १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र १५० किलोमिटर प्रतिघण्टा ९९३ माइल प्रतिघण्टा० सम्म हावा चल्ने चेतावनी दिएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ । विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको पाकिस्तान विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको केवल ०।८ प्रतिशतको लागि जिम्मेवार छ तर विश्वव्यापी तापक्रम वृद्धिको कारण निम्तिने खराब मौसमको लागि यो देश सबैभन्दा कमजोर देशहरू मध्ये एक हो । गत ग्रीष्मऋतुमा भएको अनपेक्षित मनसुनी वर्षाका कारण देशको एक तिहाइ भाग जलमग्न भएको थियो, जसका कारण २० लाख घरमा क्षति पुगेको थियो भने १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

फोहर व्यवस्थापन गरेर मात्रै १० करोड भारु आम्दानी गर्छ इन्दोर

काठमाडौं । सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमित रुपमा पानी हालिन्छ । फोहर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन् । सहरवासीले कुन प्रकारको फोहर हो, हेरेर त्यसैमा राख्छन् । कोही कसैले पनि सार्वजनिक स्थानमा फोहर गर्दैनन् पनि । मानिसमा चेतनाको विकास भएको छ, आफ्नो सहर, आफ्नो टोल र समुदायलाई कसरी स्वस्थ र हराभरा बनाउने । स्थानीय सरकार पनि उत्तिकै प्रभावकारी छ । सबै प्रकारको सहयोग उपलब्ध गराएको छ, आफ्ना नागरिकलाई । प्रदेश सरकार र सङ्घीय सरकारले पनि त्यसमा आडभरोसा गरेको छ । धुलो, धुवाँ र फोहररहित सहर बनाउने कुरा आफैँमा सामान्य र चानचुने विषय नै होइन । गरे सम्भव हुँदोरहेछ । भागवत गीतमा भने जस्तै ‘तिमी आँट म पु¥याउँछु ।’ यहाँ भएको यस्तै छ । फोहर, दुर्गन्ध र धुवाँ तथा धुलोले आक्रान्त भएको काठमाडौँको अवस्था होइन यो । यो त, छ सय ८६ माइल अर्थात् एक हजार एक सय चार किलोमिटर टाढा रहेको भारतको मध्यप्रदेशस्थित इन्दौरको अवस्था हो । भारतको सबैभन्दा स्वच्छ र सफा सहरको नाम राखेको इन्दौरको सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ । भारत सरकारले त्यसको प्रचारप्रसार मात्रै गरेको छैन, अनुभव साटासाट समेत गराएको छ । कुनै समय काठमाडौं उपत्यका जस्तै फोहर रहेको इन्दौरले कसरी प्रगति ग¥यो त ? आम मानिसमा चासो हुनु स्वाभाविक छ । काठमाडौं उपत्यकामा बेलाबखतमा फोहरको समस्या बल्झने गरेको छ । फोहर व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सङ्घीय सरकार र स्थानीय सरकारको टाउको दुःखाइको विषयसमेत बन्ने गरेको छ । जहाँ समस्या त्यहाँ समाधान । जहाँ फोहर त्यहाँ मोहोर भन्ने नारालाई वास्तवमै आत्मसात् गरेको इन्दौरको सफल अभ्यास नेपालका लागि पनि सफल उदाहरण बन्न सक्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १७ गतेदेखि २० गतेसम्म गरेकाे औपचारिक भारत भ्रमणका क्रममा इन्दौर र उज्जैनको समेत भ्रमणको कार्यक्रम थियो । बर्षेनी लाखौँ पर्यटक भित्र्याउन सफल ती दुई सहरको आआफ्नै विशेषता र महत्व पनि छन् । एकातिर धार्मिक पर्यटन, अर्कोतर्फ सूचना प्रविधि र औद्योगिक विकासका फड्को मात्रै गएको इन्दौरले राखेको स्वच्छ भारत अभियानको नामले सुनमा सुगन्ध थपे जस्तै भएको छ । फोहरलाई मोहर अनि त्यसैलाई पुनःप्रयोगको सफल उदाहरण बनेको छ इन्दौर । यसको पछाडिको रहस्य के होला रु भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलमा सहभागी प्रतिनिधिमण्डलले पनि जान्ने कोशिस ग¥यो । यहाँ फोहर उत्पादनको स्रोत, घरमा नै फोहरलाई विभिन्न छ भागमा विभक्त गरिन्छ । हरेक दिन नै इन्दौर नगर निगमको सवार साधनले ती फाहोर सङ्कलन गर्छ । सो सवारी साधनमा नै कुहिने, नकुहिने, प्लास्टिक, औषधिजन्य फोहर सङ्कलन गर्ने व्यवस्था गरिएको छ । इन्दौर सहरको ८५ वडामा पाँच सयभन्दा बढी फोहर सङ्कलन गर्ने सवारीसाधन पुग्छन् र सङ्कलन गर्छन् । मासु तथा माछा पसलबाट निस्कने फोहर सङ्कलनका लागि छट्टै सवारीसाधनको व्यवस्था गरिएको छ । सङ्कलित फोहरलाई पहिलो चरणको व्यवस्थानका लागि १० वटा ट्रान्सर्फर सेन्टर स्थापना गरिएको छ । ती केन्द्रलाई स्वचालित बनाइएको छ । जैविक फोहरलाई विकेन्द्रित गरिन्छ । नगर निगमले फोहर व्यवस्थापनका लागि छुट्टै कानुन बनाएको छ । होटल, अस्पताल तथा धेरै फोहर उत्सर्जन गर्ने स्थानमा नै फोहर व्यवस्थापनका लागि निगमले विशेष व्यवस्था गरिदिएको छ । सहरको सबैभन्दा ठूलो तरकारी बजारमा बायोग्यास उत्पादनका लागि प्लान्ट स्थापना गरिएको छ । तरकारी बजारबाट दैनिक निस्कने २० देखि २५ टन फोहर त्यहीँ व्यवस्थापन गरिन्छ । प्लान्टले दैनिक निस्कने एक हजार किलो बराबरको बायोग्यास इन्दौर नगर निगमले सञ्चालन गर्ने शहरी बसमा प्रयोग गरिन्छ । त्यसबाट बाँकी रहने अवशेषलाई जैविक मलका रुपमा प्रयोग गरिन्छ । यसले एकातिर इन्धन खरिदका लागि जाने ठूलो रकम बचेको छ भने अर्कोतर्फ कृषि उत्पादनमा वृद्धि भएको छ । सहरमा रोपिएका रुख तथा बिरुवाको पातलाई समेत मल बनाइएको छ । ती मल नगर निगमले रोपेका ती बिरुवा वा रुखमा नै प्रयोग गरिन्छ । सहरभित्र कपाल काट्ने पसलबाट निस्कने कपाल व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाइएको छ । स्थानीय नेहरु पार्क र इन्दौर चिडियाखानाबाट निस्कने फोहर व्यवस्थापनका लागि ‘अर्गानिक बेस्ट कन्भटर मेसिन’ राखिएको छ । त्यसबाट दैनिक निस्कने फोहर व्यवस्थापन गरेर जैविक मल बनाइन्छ । प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि प्लास्टिक क्रसिङ मेसिन राखिएको छ । सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन राखिएको छ । दैनिक तीनदेखि चार पटकसम्म नगर निगमको विशेष बाहनले सडक बढार्ने व्यवस्था मिलाइएको छ । घरमा नै कुहिने फोहर व्यवस्थापन गरेर मल बनाउनका लागि प्रेरित गरिएको छ । त्यसबाट स्रोतमा नै कम फोहर उत्पादन हुन थालेको छ । यसलाई सहरभर नै अभियानका रुपमा अगाडि बढाइएको छ । प्लास्टिक तथा नकुहिने फोहर सङ्कलनका लागि नगर निगमले नै व्यवस्था गरेका व्यवसायीले घरघर पुगेर खरिद गर्ने व्यवस्था गरिएको छ । वर्षौंदेखि सहरको सार्वजनिक स्थानमा थुप्रिएको १२ लाख टन बढी फोहरलाई बायोरेमिडिशन प्रक्रियाबाट मल बनाइएको छ । त्यसबाट सहरमा नयाँ पार्क निर्माण गरी हरियाली प्रवद्र्धन गरिएको छ । बाँकी रहेका प्लास्टिकजन्य वा अन्य फोहरको पनि विशेष तवरले व्यवस्थापन गरिएको छ । फोहरमा फालिएका तर पुनःप्रयोग गर्न सकिने फोहरका लागि छुट्टै प्रबन्ध गरिएको छ । ती फोहर सिमेन्ट प्लान्ट वा प्लास्टिकजन्य सामग्री निर्माणका लागि उपयोग गरिन्छ । सो कार्यका लागि विशेष सुविधासहितको रोजगारी पनि दिइएको छ । दैनिक सङ्कलन हुने छ सय टन बढी फोहरलाई विशेष फोहर प्रशोधन केन्द्रमा लगिन्छ । त्यसलाई २८ दिनको विशेष प्रक्रियाबाट ८० टन बराबरको मल उत्पादन गरिन्छ । सो मल प्रतिकिलो खुला दुई रुपैयाँ र प्याकिङ गरिएको मल तीन रुपैयाँ भारुमा बिक्री गरिन्छ । उक्त मल स्थानीय किसानले खरिद गरेर लैजान्छन् भने बाँकी रहने फोहर स्थानीय पार्क तथा बिरुवाका लागि प्रयोग गरिन्छ । घर तथा आवास पुनःनिर्माणबाट निस्कने फोहर व्यवस्थापनका लागि छुट्टै प्रशोधन प्लान्ट स्थापना गरिएको छ । त्यसबाट इँटा वा सडकमा बिछ्याउने ब्लक निर्माण गरिन्छ । सो सामग्रीसमेत नगर निगमले आफ्नै नवनिर्माणमा प्रयोग गर्ने गरेको छ । खासमा केही वर्ष पहिलेसम्म इन्दौर यति स्वच्छ र सफा होला भन्ने धेरैलाई लागेको थिएन, तर अहिले वास्तविकतामा परिणत भएको छ । उनीहरु भन्छन्– खासमा यो त शुरुवात मात्रै हो, लामो यात्रा अझै बाँकी छ । स्वच्छता अभियानमा सन् २०१७ मा इन्दौर पहिलोपटक पहिलो नम्बरमा आउन सफल भएको छ । सहरलाई स्वच्छ बनाउनका लागि आम नगरबासीले सङ्कल्प नै गरेका छन् । त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गरेका छन् । शुरुआती चरणमा सहरसफाईका लागि रेडियो, टेलिभिजन पत्रपत्रिका, बालपेन्टिङ गरेर जनचेतना जगाइयो । फोहर सङ्कलनका लागि गुड्ने सवारीसाधनमा जिपिएस जडान गरिएको छ । यस्तै ५० माइक्रोनभन्दा कम प्यास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहका अनुसार इन्दौरले वातावरण संरक्षण र फोहर व्यवस्थापन गरेर मात्रै ‘कार्बन क्रेडिट बिक्री गरेर’ झन्डै १० करोड भारु बराबरको आम्दानी गरेको छ । शहरमा बिजुलीको खर्च बचाउनका लागि सौर्य प्रणाली जडान गरिएको छ । त्यसका लागि ‘ग्रीन बण्ड’ बिक्री गरेर स्रोत सङ्कलन गरिएको थियो । त्यसबाट ६० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गरिएको छ । उक्त बण्डलाई धर्ती बचाउने महाअभियानको नाम दिइएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले फोहर व्यवसथापन केन्द्र, वायोग्यास उत्पादन स्थल, फोहरको पुनःप्रयोग वा व्यवस्थापन केन्द्रलगायतको स्थानको अवलोकन गरेका थिए । ती स्थानको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले इन्दौरको सफल अभ्यास नेपालका लागि समेत अनुकरणीय रहेको बताएका थिए । उनले नेपाल सरकारको तर्फबाट विशेष टोली नै बनाएर इन्दौरको फोहर व्यवस्थापनका बारेमा जानकारी लिन पठाउने बताएका थिए । काठमाडौं उपत्यका र सहरी क्षेत्रको फोहर व्यवस्थापन गर्न नसकेर समस्यामा परेको सरकार र सरकारका कार्यकारी प्रमुखले नै त्यसमा विशेष चासो लिएर सकारात्मक अनुभवलाई यहाँ प्रयोग गर्ने सङ्कल्प गरेका छन् । विशेषतः काठमाडौं उपत्यकाका लागि यो तत्काल गरिहाल्नुपर्ने कामका रुपमा रहेको छ । त्यसका लागि आजैदेखि पहल थाल्नु जरुरी छ । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुरु गरेकाे ‘स्वच्छ भारत अभियान’ को सफल अभ्यास इन्दौरबाट काठमाडौँले सिक्दा केही फरक पर्देन । त्यसका लागि जागरुकता र प्रतिबद्धता भएमा फोहरमाण्डौंमा परिणत भएको काठमाडौं उपत्यका पनि इन्दौर जस्तै सफा र स्वच्छ हुन सक्छ । रासस