एसियाली बजारको सहाराले चीनको निर्यातमा तीव्र वृद्धि, अमेरिकासँगको व्यापार गिरावट सन्तुलन

काठमाडौं । चीनको निर्यात अप्रिलमा तीव्र रूपमा बढेको छन् । जसको कारण दक्षिणपूर्वी एसियाली देशहरूमा पठाइएका सामानहरूको उल्लेखनीय वृद्धि हो ।  निर्यातमा वृद्धि भएसँगै गत महिनादेखि लागू भएका उच्च अमेरिकी शुल्कका कारण अमेरिकातर्फ पठाइएका सामानमा आएको तीव्र गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ । शुक्रबार चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा अमेरिकी डलरमा ८.१ प्रतिशतले बढेको छ, जुन रोयटर्सको १.९ प्रतिशत वृद्धिको अनुमानभन्दा धेरै माथि हो । तर, आयात भने अप्रिलमा ०.२ प्रतिशतले घटेको छ, जबकि अर्थशास्त्रीहरूले ५.९ प्रतिशतको गिरावटको अपेक्षा गरेका थिए । सीएनबीसीले आधिकारिक भन्सार तथ्यांकको आधारमा गरेको गणनाअनुसार अप्रिलमा चीनको अमेरिकातर्फको निर्यातमा वार्षिक २१ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अमेरिकाबाटको आयात लगभग १४ प्रतिशतले घटेको छ । पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङका अनुसार निर्यातमा आएको वृद्धि आंशिक रूपमा तेस्रो देशमार्फत ट्रान्सशिपमेन्ट तथा शुल्क घोषणा हुनुअघि भएका सम्झौताका कारण हुनसक्छ । झाङले आगामी केही महिनामा व्यापार तथ्यांक कमजोर हुँदै जाने अपेक्षा गरेका छन् । अप्रिलमा चीनको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (एएसईएएन) तर्फको निर्यात गत वर्षको तुलनामा २०.८ प्रतिशतले वृद्धि भएको छ, जुन मार्चको ११.६ प्रतिशतको वृद्धिभन्दा तेज हो । त्यस्तै, सो क्षेत्रबाट आयात २.५ प्रतिशतले बढेको छ । यसैबीच चीनको युरोपेली आयोग (ईयू) तर्फको निर्यात ८.३ प्रतिशतले बढेको छ भने आयात वार्षिक रूपमा १६.५ प्रतिशतले घटेको छ । मार्चमा चीनबाट विश्वभर पठाइएका सामानमा १२.४ प्रतिशतको वार्षिक वृद्धि भएको थियो, किनकि व्यवसायहरूले उच्च शुल्क लागू हुनु अघि सामान निर्यात गर्न हतार गरेका थिए । तर, आयात भने ४.३ प्रतिशतले घटेको थियो, जसले चीनको आन्तरिक माग पुनःउत्थान गर्ने चुनौतीलाई देखाउँछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात गरिने सबै सामानमा १४५ प्रतिशत शुल्क लगाएका छन्, जसको जवाफमा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत शुल्क लगाएको छ । हालसम्म दुवै पक्षले अत्यधिक शुल्कको आर्थिक प्रभावलाई कम गर्न केही महत्त्वपूर्ण वस्तुहरूमा छुट दिएका छन् । एएनजेड बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री रेमण्ड यिउङका अनुसार अप्रिलको अन्त्यतिर चीनबाट अमेरिका जाने कन्टेनर जहाजहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । चिनियाँ सरकारले निर्यातकर्ताहरूलाई आफ्ना उत्पादनहरू घरेलु बजारमा मोड्न सहयोग गर्दै आएको छ, जुन कदमले अर्थतन्त्रलाई अझ गहिरो डिफ्लेसन (वस्तु तथा सेवाहरूको मूल्यहरू सामान्यतः घट्ने अवस्था) तर्फ लैजान सक्छ । ओपनएआई पुनः गैरनाफामूलक कम्पनीमै फर्कियो, सफ्टबैंकको ३०० अर्ब डलर लगानी दोधारमा एआईदेखि ईभीसम्मः नवप्रवर्तनमा विश्वको ध्यान खिच्दै चीन  

चीन-रसिया सहकार्यले दादा गिरी प्रवृत्ति रोक्ने, अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी  जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् । उनले हालको विश्व परिदृश्यमा एक पक्षीयता, शक्तिको राजनीति र दादा गिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए ।  सीले चीन-रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताए ।  उनले द्वितीय विश्वयुद्धको ८०औं वार्षिकोत्सवको सन्दर्भमा ऐतिहासिक तथ्यको रक्षा, विकासशील देशहरूको अधिकारको संरक्षण र समावेशी तथा समान विश्व व्यवस्था निर्माणमा चीन-रसिया मिलेर काम गर्ने प्रतिबद्धता जनाए । ​​​​​​ सीले ऊर्जा, व्यापार, कृषि, अन्तरिक्ष, कृत्रिम बौद्धिकता जस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै, बेल्ट एण्ड रोड पहल र यूरेशियन आर्थिक संघबीच सहकार्यमार्फत उच्चस्तरीय पूर्वाधार विकास गर्नुपर्ने बताए ।  साथै, शिक्षा, संस्कृति, पर्यटन, चलचित्र, खेलकुदजस्ता जनस्तरका आदानप्रदानहरू बढाएर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाइने उल्लेख गरे । चीन, चाहे जस्तोसुकै अन्तर्राष्ट्रिय परिस्थिति आए पनि आफ्ना कार्यहरू दृढताका साथ अघि बढाउने र रसीयासँग मिलेर अन्तर्राष्ट्रिय प्रणाली सुधार गर्ने दिशामा काम गर्नेछ।

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने एस जयशंकरको चेतावनी

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् । जयशंकरले उक्त कुरा इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको बैठकका क्रममा बताएका हुन् । अरागची भारत-इरान मैत्री सन्धिको ७५ औं वार्षिकोत्सव अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा सहभागी हुन भारत भ्रमणमा छन् । जयशंकरले यसबारेमा एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै जानकारी दिएका हुन् । उनले २२ अप्रिलमा जम्मू-कश्मीरको पहलगाममा भएको आक्रमणबारे जानकारी दिँदै भनेका छन्, 'यस आक्रमणले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो ।' भारतीय विदेशमन्त्री जयशंकरले बताए अनुसार २२ अप्रिलको पहलगाम आक्रमणपछि भारतले ७ मेमा 'आतङ्कवादी ठेगानाहरू'लाई लक्षित गर्दै सीमा पार आक्रमण गरेको हो । जयशंकरले भने, 'हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरिन्छ भने कुनै शंका छैन- हामी त्यसको दृढ र कडा जवाफ दिनेछौं ।' जयशंकरले इरानी विदेशमन्त्री अरागचीलाई भने, 'एउटा छिमेकी र नजिकको साझेदारको हैसियतले तपाईंले वर्तमान परिस्थितिबारे राम्रोसँग जानकारीमा रहनु आवश्यक छ ।' बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेको जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हो  । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् ।