नाटोको ५ प्रतिशत खर्च सम्झौताको वास्तविक अर्थ के हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतको मुख्य आँकडाको मगलाई सन्तुष्ट पार्न रक्षा खर्चको प्रतिज्ञामा नाटो नेताहरूले बुधबार आफ्नो हेग शिखर सम्मेलनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । नाटोले के कुरामा हस्ताक्षर गरिरहेको छ त्यसका विवरणहरू यस्ता छन् : पाँच प्रतिशत ? वास्तवमा होइन  ट्रम्पले नाटो देशहरूले पाँच प्रतिशतको बार छुनुपर्छ भनेर जोड दिएका छन् । यो गठबन्धनले हाल आवश्यक गरेको दुई प्रतिशत आधारभूत स्तरभन्दा धेरै अगाडि हो । पोल्यान्ड र बाल्टिक राष्ट्रहरू जस्ता मुट्ठीभर सहयोगीहरू मात्र यस समयमा पाँच प्रतिशतको नजिक आउँदैछन् । संयुक्त राज्य अमेरिका आफैँ सन् २०२४ मा तीन दशमलव चार प्रतिशतभन्दा कम छ । नाटोका ३२ राष्ट्रले सन् २०३५ सम्ममा तीन दशमलव पाँच प्रतिशत मुख्य सैन्य आवश्यकताहरू र एक दशमलव पाँच प्रतिशत साइबर सुरक्षा र पूर्वाधार जस्ता व्यापक ‘रक्षा–सम्बन्धित’ क्षेत्रहरूमा समर्पित गर्ने सम्झौता गरेका छन् । यसले ट्रम्पलाई आफूले चाहेको जित दिन्छ र नगद अभावमा रहेका युरोपेली सरकारहरूलाई केही छुट दिन्छ । यद्यपि यो अझै पनि धेरै सरकारहरूका लागि ठूलो माग हो र आगामी वर्षहरूमा बजेटमा अर्बौं थप्नेछ । ३.५ प्रतिशत के कुरामा ? खर्चको ठूलो हिस्सा अझै पनि नाटोको मुख्य फोकस क्षेत्रमा जानुपर्छ, कच्चा सैन्य शक्ति ।  गठबन्धनका सदस्यहरूले गत महिना रुसको खतरासँग सामना गर्न आवश्यक सबै हार्डवेयरका लागि नयाँ लक्ष्यहरूमा हस्ताक्षर गरेका थिए । सटीक विवरणहरू गोप्य छन् तर यसमा शीतयुद्धपछिको सबैभन्दा ठूलो क्षमता वृद्धि समावेश हुनेछ ।​​​​​​​ नाटो प्रमुख मार्क रुटले यसले गठबन्धनको हवाई सुरक्षामा पाँच गुणा वृद्धि तथा हजारौँ थप ट्याङ्क र बख्तरबन्द सवारी साधनहरू शस्त्रागारमा थप्ने परिकल्पना गरेको बताए । देशहरूले युक्रेनलाई दिने अर्बौं डलरको सैन्य सहायतालाई पनि यस श्रेणीमा गणना गरिरहने छन् । १.५ प्रतिशत ?  प्रतिज्ञाको बाँकी हिस्साले पुल र सडकदेखि साइबर सुरक्षासम्मका धेरै व्यापक क्षेत्रलाई समेट्छ ।  यी वस्तुहरू तुरुन्तै स्पष्ट नभए पनि कुनै पनि आक्रमणबाट बचाउन मद्दत गर्न महत्त्वपूर्ण रहेको नाटोले बताएको छ । 'तपाईंले ट्याङ्कहरूलाई अग्रपङ्क्तिमा पुर्‍याउन सक्नुहुन्न किनभने सडक वा पुल वा रेलले ती ट्याङ्कहरू र तिनीहरूको तौल सम्हाल्न सक्दैन, तब स्पष्ट रूपमा तिनीहरू बेकार छन्', अमेरिकी नाटो राजदूत म्याथ्यु ह्वाइटेकरले भने ।​​​​​​​ नाटो अधिकारीहरूले यस खर्चको धेरैजसो राष्ट्रिय सरकारहरूको किताबमा पहिले नै हुनेछ र केवल पुनः नामकरण गर्न आवश्यक हुनेछ भन्ने स्वीकार गरेका छन् । उदाहरणका लागि इटालीले सिसिलीलाई मुख्य भूमिसँग जोड्ने लामो योजनाबद्ध पुल त्यो श्रेणीमा पर्नुपर्छ भन्ने विश्वास गरेको बताएको छ । कसैले जाँच गर्छ ?  देशहरू सम्झौतामा अडिग रहन सुनिश्चित गर्नु एउटा प्रमुख तत्व हो, किनकि विगतका नाटो प्रतिज्ञाहरूलाई प्रायः सम्मान गरिएको छैन ।  अधिकारीहरूले सुरुमा नाटो सदस्यहरूले लक्ष्यमा पुग्दासम्म एक वर्षमा शून्य दशमलव दुई प्रतिशत अङ्क वृद्धि गर्ने प्रतिबद्धता जनाउने योजना बनाएका थिए ।  आफ्नो खुट्टामा बन्चरो हान्न नचाहेका सरकारहरूको विरोधका कारण त्यसलाई अन्ततः छाडिएको थियो ।  आफूहरूले कदम चालेको र आवश्यक वस्तुहरू खरीद गरिरहेको भनेर देखाउन अब देशहरूले प्रत्येक वर्ष नाटोमा रिपोर्टहरू पेस गर्नुपर्नेछ । सन् २०२९ मा नाटोले आवश्यक हतियारका लागि नयाँ लक्ष्यहरू लिएर आउँदा र मागहरू समायोजन गर्न सकिने बेला पनि समीक्षा हुनेछ ।  यदि उनीहरूले आफ्नो वाचा पूरा गरेनन् भने सबैको काँधमा उभिनु ट्रम्पलाई निराश पार्ने अप्रिय सम्भावना हुनेछ । कसैलाई छुट छ ?  यो प्रश्न कसलाई गर्ने भन्ने कुरामा निर्भर गर्दछ ।  नाटोका सबैभन्दा कम खर्च गर्नेहरूमध्ये एक स्पेन रुटसँग छुट्टै सम्झौता गरेपछि पाँच प्रतिशत लक्ष्य पूरा गर्नुपर्दैन भनी दाबी गर्दछ । तर नाटो प्रमुखले सम्झौताबाट कुनै ‘अप्ट–आउट’ छैन र हरेक देशले निर्धारित स्तरसम्म पुग्नुपर्नेछ भनी जोड दिएका छन् । रासस  

जुकरबर्गको नयाँ खेल : एआई दुनियाँमा अग्रता लिन अरबौं खर्च गर्न तयार

काठमाडौं । मेटाका सीईओ मार्क जुकरबर्ग कृत्रिम बौद्धिकता (एआई)को दौडमा सबैभन्दा अगाडि निस्कन निकै आतुर देखिएका छन् । पछिल्ला केही महिनादेखि उनी स्वयम्‌ एआई क्षेत्रमा काम गर्ने तेज दिमाग भएका व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहेका छन् ।  वाल स्ट्रिट जर्नलका अनुसार उनले केही व्यक्तिहरूलाई १० करोड अमेरिकी डलर (झन्डै १ हजार  ३७६ करोड नेपाली रुपैयाँ) सम्मको अफर पनि गरेका छन् । जुकरबर्गले सयौं अनुसन्धानकर्ता, वैज्ञानिक, इन्जिनियर र उद्यमीहरूलाई मेटाको नयाँ ‘सुपरइण्टेलिजेन्स ल्याब’ मा सहभागी गराउन प्रयासरत छन् । उनी ती प्रतिभावान् व्यक्तिहरूलाई ठूलो रकम अफर गरेर आफ्नो कम्पनीमा ल्याउन चाहन्छन् । केही व्यक्तिहरूलाई १० करोड डलरको प्याकेजसँगै एआई स्टार्टअप स्केलमा हिस्सा दिने प्रस्ताव पनि गरिएको छ । यसबाहेक उनीहरूले स्केलका सीईओ अलेक्जेन्डर वांगमाथि झण्डै १४ अर्ब डलर खर्च गरेका छन् । वांग मेटाको नयाँ एआई टोलीको नेतृत्व गर्नेछन् । २८ वर्षीय वांग प्रविधि क्षेत्रको इतिहासमै अहिलेसम्मकै महँगो नियुक्तिमा पर्न सफल भएका छन् । रिपोर्टअनुसार जुकरबर्गले ओपनएआईका कर्मचारीहरूसँग पनि कुरा गरेका छन्, जसमा सह(संस्थापक इल्या सुत्स्केभर पनि थिए । तर, ओपनएआईका सीईओ साम अल्टम्यानका अनुसार जुकरबर्गको प्रस्ताव कुनै पनि शीर्ष कर्मचारीले स्वीकार गरेका छैनन् । जुकरबर्ग आफै छन् भर्ती प्रक्रियामा सक्रिय जुकरबर्ग स्वयम्‌ भर्ती प्रक्रियामा प्रत्यक्ष सहभागी छन् । उनी विश्वास गर्छन् कि मेटामा उनले सबैभन्दा ठूलो योगदान यही क्षेत्रमा दिन सक्छन् । जुन व्यक्तिहरूलाई उनी मनाउने काममा सफल हुन्छन्, तिनीहरूलाई उनी प्रायः आफ्नो पालो आल्टो वा लेक ताहोस्थित घरमा बोलाउँछन् । उनी हायरिङको सम्पूर्ण प्रक्रियामा समावेश हुन्छन्, यहाँसम्म कि कुन कर्मचारी कहाँ बस्ने भन्ने पनि उनी नै निर्धारण गर्छन् । केही व्यक्तिहरूले जुकरबर्गको अफर अस्वीकार गरेका छन् । उनीहरूको भनाइ छ कि जुकरबर्गको ‘सुपरइण्टेलिजेन्स’ सम्बन्धी अवधारणा स्पष्ट छैन र ५० जनाको एआई टोलीका लागि कुनै ठोस योजना पनि देखिँदैन । जुन व्यक्तिहरूलाई जुकरबर्गले प्रत्यक्ष सन्देश पठाएका थिए, तीमध्ये केहीलाई विश्वास नै लागेन कि मेटाका सीईओ आफैले सम्पर्क गरेका हुन् । केहीले त इमेललाई मजाक ठानी उत्तरै दिएनन् । जुकरबर्ग एआईको भविष्यप्रति पूर्ण विश्वास राख्छन् । उनी मेटालाई यस क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनी बनाउने लक्ष्यमा छन् । यसैले उनी उत्कृष्ट प्रतिभाहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर ठूलो रकम खर्च गरेर पनि आफ्नो टोली बलियो बनाउन चाहन्छन् ।

चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन

काठमाडौं । चीनले विदेशी संस्थाहरूलाई युआन प्रयोग गर्न अझ धेरै उपायहरू अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी डलरप्रतिको अन्तर्राष्ट्रिय विश्वास कमजोर हुँदै गएको अवस्थामा चीनले मौका समातेको हो । विज्ञहरूका अनुसार यो कदम अमेरिकी डलर (ग्रीनब्याक) लाई चुनौती दिनका लागि लिइएका हुन्, यद्यपि डलर अझै पनि विश्वको प्रमुख मुद्रा रहँदै आएको छ । सन् २०२५ मा अमेरिकी डलर इन्डेक्स ९ प्रतिशतभन्दा बढीले घटेको छ भने युआन (विदेशी बजारमा कारोबार हुने) डलरको तुलनामा २ प्रतिशतभन्दा बढी मजबुत बनेको छ । बेइजिङले डलरमाथिको निर्भरता घटाउने रणनीति तीव्र बनाएको संकेतस्वरूप चीनको केन्द्रीय बैंक (पीपल्स बैंक अफ चाइना) का गभर्नर पान गोङशेङले गत हप्ता प्रतिष्ठित लुजिआझुई फोरममा ‘एकल सार्वभौम मुद्रामाथिको अत्यधिक निर्भरता कसरी घटाउने’ भन्ने विषयमा मन्तव्य दिएका थिए । उनीहरूले शाङ्घाईमा डिजिटल युआन अन्तर्राष्ट्रियकरणका लागि केन्द्र स्थापना गर्ने योजना र युआन आधारित विदेशी मुद्रा फ्युचर्स कारोबार प्रवर्द्धन गर्ने योजना पनि घोषणा गरे । चीनले पहिले नै डिजिटल मुद्रा बजारमा ल्याइसकेको छ, जसले केही कागजी मुद्रा र सिक्काको स्थान लिइसकेको छ । चीनको पछिल्लो रणनीति प्रायः फ्युचर्स बजारमा केन्द्रित छ । शाङ्घाई, डालियान र झेङ्झाउ स्टक एक्सचेन्जहरूले योग्य विदेशी संस्थागत लगानीकर्ताहरूले अब मुख्य भूमिमा सूचीबद्ध थप १६ फ्युचर्स र अप्सन्स सम्झौताहरूमा कारोबार गर्न पाउने संयुक्तरूपमा घोषणा गरेका छन् । यसमा प्राकृतिक रबर, सिसा र टिनजस्ता वस्तुहरू समावेश छन् । यसअघि पनि विदेशी लगानीकर्ताहरूका लागि दर्जनौं नयाँ फ्युचर्स सम्झौताहरू थपिएको थियो । नानहुआ फ्युचर्सका विश्लेषक झोउ जिईका अनुसार यसले अन्तर्राष्ट्रिय संस्थाहरूका लागि हेजिङ्ग विकल्पहरू मात्र बढाउँदैन, युआनको विश्वव्यापी वस्तु मूल्य निर्धारण प्रणालीमा प्रभाव पनि बढाउँछ । युआनलाई अझ बढी अन्तर्राष्ट्रिय बनाउने अर्को प्रयासस्वरूप शाङ्घाई फ्युचर्स एक्सचेन्जले मे महिनाको अन्त्यतिर युआनमा कारोबार हुने सम्झौताहरूको लागि विदेशी मुद्रालाई कोलेटरल (जमानत) को रूपमा प्रयोग गर्न दिने प्रस्तावमा सुझाव मागेको छ । अरू केही हालका कदमहरू पनि छन्, जस्तै अक्टोबर ९ देखि योग्य विदेशी लगानीकर्ताहरूले एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) अप्सनमा कारोबार गर्न पाउने, जसको उद्देश्य हेजिङ्ग हो । यसै वर्ष विदेशी वित्तीय संस्थाहरूका लागि स्थानीय खाता खोल्दा लाग्ने ५०० युआन शुल्क मिनाहा गर्ने निर्णय पनि भएको थियो । जनवरीमा मोर्गन स्ट्यान्लीले चीनमा आफ्नै पूर्ण स्वामित्वको ब्रोकर फर्म खोली स्थानीय स्तरमा वस्तु बजार फ्युचर्स सेवाहरू दिन पाउने अनुमतिको घोषणा गरेको थियो । उनीहरूले यसलाई इक्विटी र फिक्स्ड इनकम बजारमा पनि विस्तार गर्ने योजना बनाएका छन् । यद्यपि विदेशी संस्थाहरूले चीनमा लगानी गर्न चाहन्छन्, तर पूँजी निकासीमा कडा नियन्त्रण र प्रणालीको पारदर्शिता अभावले लगानीमा ठूलो रोक लगाएको छ । बीसीए रिसर्चका प्रमुख रणनीतिकार म्याट गर्टकेनका अनुसार ‘चीनको कानुनी शासन अमेरिकीभन्दा कमजोर छ र यसले विदेशी लगानीकर्ताका लागि अमेरिका जस्तो गहिरो र तरल सम्पत्तिको बजार उपलब्ध गराउँदैन ।’ विश्वव्यापी भुक्तानी प्रणालीमा चीनको प्रभाव चीनले लामो समयदेखि विदेशमा युआन क्लियरिङ बैंकहरूको जाल फैलाउँदै आएको छ र अन्तरदेशीय बैंक भुक्तानी प्रणाली (सीआईपीएस) लाई प्रवर्द्धन गर्दै आएको छ । अमेरिकी फेडरल रिजर्भको हालैको विश्लेषणअनुसार धेरैजसो चिनियाँ बैंकहरूले विकासोन्मुख मुलुकहरूलाई डलरको साटो युआनमा ऋण दिन थालेका छन् । चीनले युआनमा द्विपक्षीय व्यापारको भुक्तानीलाई पनि प्रवर्द्धन गर्दै आएको छ र फेब्रुअरीमा हङकङस्थित व्यवसायहरूलाई युआनमा वित्तीय पहुँच दिन १०० अर्ब डलरको योजना घोषणा गरिएको थियो । यूरेशिया ग्रुपकी चीन निर्देशक ड्यान वाङका अनुसार, ‘चीनले डलरको प्रयोग घटाउने प्रयास तीव्र पारेको देखिन्छ, यद्यपि प्रगति असमान छ ।’ उनले चीन र अन्तर्राष्ट्रिय ऊर्जा तथा वस्तु कम्पनीहरूबीच युआनमा क्रस–बोर्डर भुक्तानी बढेको उल्लेख गरिन् । चिनियाँ कम्पनीहरूले विदेशमा व्यापार बढाइरहेका छन्, विशेषतः अनलाइन व्यापारमा संलग्न साना कम्पनीहरूले युआनको प्रयोग बढाइरहेका छन् । उदाहरणका लागि, स्टार्टअप कम्पनी फन्डपार्कका अनुसार उनीहरूको साझेदारहरू गोल्डम्यान स्याच्स र एचएसबीसीले विदेशमा युआन राखेका कारण ग्राहकहरूले चीनभित्र र बाहिर सजिलै कारोबार गर्न सक्छन् । फन्डपार्कका चीन महाप्रबन्धक बेयर हुआका अनुसार युआनको प्रयोग अझै सीमित भए पनि वृद्धि भइरहेको छ। चिनियाँ अधिकारीहरूले युआनमा लिइने ऋणको ब्याजमा सब्सिडी पनि दिइरहेका छन् । मे महिनामा युआनको प्रयोग केही घटेको देखिएको छ । स्वीफ्टको आरएमबी ट्र्याक्रका अनुसार युआनले विश्वव्यापी भुक्तानी मूल्यको २.८९ प्रतिशत हिस्सा ओगटेको थियो, जुन पाँचौं स्थानबाट घटेर छैठौं स्थानमा पुगेको हो । उता अमेरिकी डलरको हिस्सा ४८.४६ प्रतिशत थियो, युरोपेली युरोको २३.५६ प्रतिशत । चीनको युआन प्रवर्द्धनसँगै एसियाली मुलुकहरू पनि डलरमाथिको निर्भरता घटाउँदै गएका छन् । यसमा भू–राजनीतिक तनाव, मौद्रिक नीतिमा फेरबदल र मुद्रा हेजिङको प्रयोग वृद्धि मुख्य कारण हुन् । डोनाल्ड ट्रम्पका नीति अनिश्चितताले गर्दा डलरमा व्यापक गिरावट आएको छ, विशेषतः अप्रिलमा यो वर्षकै सबैभन्दा ठूलो गिरावट देखिएको थियो । स्टेट स्ट्रीट मार्केट्सका वरिष्ठ विश्लेषक निङ सुनका अनुसार, ‘हाम्रो तथ्यांकअनुसार युआनमा लगानी बढेको देखिन्छ, खासगरी संस्थागत लगानीकर्ताहरूबाट, जसले अझै युआनमा कम लगानी गरेका छन् ।’ अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान हवाई आक्रमणमार्फत ‘शान्ति’ ल्याउने अजीव समय