एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद लम्साल नियुक्त
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको ८२औँ संचालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । सीईओ पदमा नियुक्त भएसँगै नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अब लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने करार सम्झौता गरेको छन् ।
सिडीएस क्लियरिङ लिमिटेडमा आठौं तहको सहायक प्रबन्ध सहित २९ जनालाई रोजगारी
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले कर्मचारी माग गरेको छ । सिडिएसले आठौं तहको २ जना सहायक निर्देशक सहित २९ जना कर्मचारीको माग गरेको हो । लोक सेवा आयोगले लिखित र अन्तर्वाताबाट लिने पदको लागि फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । सिडीएसले आठौं तहको लागि ७, सातौं तहमा ५, छैटौं तहमा १२, पाचौं तहको लागि ५ जनाको लागि विज्ञापन खुलाएको छ । आवेदनमा सहभागी हुनका लागि २१ वर्ष पुरा भएर ३५ वर्ष ननागेको हुनुपर्नेछ ।
राष्ट्रिय बीमा कम्पनीको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता कहिले ?
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आवश्यक कर्मचारीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित उत्तीर्ण गर्नेमा ५४ जना रहेका छन् । सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ। लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समयपनि प्रकाशित सूचनामा तय गरिएको छ ।