सुनिल गिरी र पुनम मिश्रको “कोसेली” बजारमा
काठमाडौं । गायक सुनिल गिरी र पुनम मिश्रको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ ।गीतको लय तथा संगीत सुनिल गिरीकै रहेको सो गीतमा गिरीलाई अभिनयमा अन्जली मगरले साथ दिएकी छन् । सर्जन थापा मगरले निर्देशन गरेको सो म्युजिक भिडियो अनिल मानन्धरले क्यामेरामा कैद गरेका थिए । ‘को होला त्यो’, ‘देउराली’, ‘परदेशी’ ‘सोल्टीना’ आदि चर्चित गीत निकालेका गिरीले “कोसेली” गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होस् ।
बुद्ध लामाको चौथो गीत ‘सोल्टीनी सोल्टीनी’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘सोल्टीनी सोल्टीनी’ म्यूजिक भिडियोका साथ सार्वजनिक भएको छ । एपिवानद्धारा निर्मित दोस्रो गीतमा आशुसेन लामाको शब्द तथा संगित रहेको छ । चर्चित रियालिटी शो नेपाल आइडल पहिलो सिजनको विजेता बुद्ध लामा अर्काे म्युजिक भिडियो बजारमा आएको छ । अनिल के मनान्दरको निर्देशनमा रहेको म्युजिक भिडियोमा लामा र अलिसा राईको अभिनय रहेको छ । आइडलको यात्रा पछि लामाको ४ ओटा गीत बजारमा आइसकेका छन्, ती सबै गितहरु दर्शकले रुचाएका छन् । भिडियाे हेर्न तल क्लिक गर्नुहोस् ।
प्रियंका र दिलीप ‘पशुपतिमा सुनैको गजुर’ मा पहिलो पटक (भिडियो सहित )
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनयमा देखा परेको छन् । ‘पशुपतिमा सुनैको गजुर’ गीत नयाँ वर्षको दिन सार्वजनिक गरिएका हुन् । दुर्गा खनाल घिमिरेकाे रचना रहेकाे गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने गीत र म्युजिक भिडियो मार्फत देखाईएको छ । अभिनेता दिलिप प्रियकां कार्कीका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतमा देख्न सकिन्छ । नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत गायिका मेलिना राईले स्वर दिएकी छन् । गीतमा बसन्त सापकोटाले संगित दिएका छन् । भिडियोलाई गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने डी फोर क्रियशनले म्युजिक भिडियोलाई युटुव च्यानल मार्फत नयांँ २०७६ कोअवसर पारेर सार्वजनिक गरेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।