यी हुन् बक्यौता रकम तिर्ने ११ उद्योग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान चलाएसँगै हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर विद्युत लाइन पुनः जोडेका छन् । यसमध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँसहित ठूलो रकम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत कार्तिक ४ गते पछाडि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएको थियो । सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा अहिले ११ वटाले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडेका छन् । रिलायन्स स्पिनिङ मिलले आज मात्रै प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेको बुझाएका हो । यसअघि १० उद्योगले ३० लाख ५८ हजार रुपैयाँ बुझाएको जानकारी प्राधिकरणले दिइएको छ । यसरी किस्ता बराबरको रकम बुझाउनेबित्तिकै लाइन जोड्ने नीति प्राधिकरणले अपनाएको छ । यी हुन् ११ उद्योग १. घराना फुड्स २. सिद्धार्थ पेट प्लास ३. एसआर फुड्स ४. गोएनका फुड्स ५. पञ्चकन्या इन्डस्ट्री ६. श्याम प्लास्टिक उद्योग ७. भल्बारी सुचालु कारखाना ८. पञ्चकन्या प्लास्टिक ९. एडुस रोलिङ मिल १०. एसआर स्टिल इन्डस्ट्रिज ११. रिलायन्स स्पिनिङ मिल यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । प्राधिकरणका अनुसार जसले बक्यौता रकम किस्ता वा पूर्ण रूपमा बुझाउँछ उसको विद्युत लाइन तत्कालै जोडिनेछ । यो अभियानले गर्दा लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरूलाई भुक्तानी गर्न दबाब परेको र राजस्व संकलनमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।
सफारी लगेजको पहिलो शोरूम काठमाडौंमा सञ्चालन, ४० प्रतिशतसम्म छुट
काठमाडौं । जगदम्बा मोबाइल्सले विश्वप्रसिद्ध लगेज तथा ट्राभल एक्सेसरीज ब्रान्ड ‘सफारी’को पहिलो एक्सक्लुसिभ शोरूम काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । सफारी ब्रान्डका लागि नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स नै हो । करीब ३५० वर्गफुट क्षेत्रमा फैलिएको नयाँ शोरूमले नेपाली यात्रुहरूलाई आधुनिक डिजाइन, सहज बोक्न मिल्ने, टिकाउ र स्टाइलिश लगेज, ब्याकप्याक तथा ट्राभल एक्सेसरीज उपलब्ध गराउने उद्देश्य राखेको छ । आकर्षक रङ, बलियो बनावट र बहुउपयोगीताका लागि परिचित सफारी ब्रान्डले हार्ड र सफ्ट लगेजदेखि ब्याकप्याक र अन्य यात्रा सामग्रीसम्मका विविध कलेक्सन प्रस्तुत गरेको छ । शोरूम उद्घाटन समारोहमा शंकर ग्रुपका डाइरेक्टर सक्षम जाटियाले भने, 'काठमाडौंमा हाम्रो पहिलो एक्सक्लुसिभ शोरूम खोल्न पाउँदा निकै खुशी लागेको छ। हामी विश्वास गर्छौँ कि यसले नेपाली यात्रुहरूलाई विश्वस्तरीय, आकर्षक र टिकाउ ट्राभल सोलुसन छनोट गर्न अझ सहज बनाउनेछ। सबै मानिस जन्मजात यात्रु हुन् भन्ने मान्यताका साथ, हामी स्टाइलिश, आरामदायी र भरपर्दो लगेज तथा ब्याकप्याकमार्फत प्रत्येक यात्रुको भरोसायोग्य साथी बन्न प्रतिबद्ध छौँ ।' जगदम्बा मोबाइल्सका सेल्स हेड तथा सफारी सेल्स म्यानेजमेन्ट प्रमुख सन्तोष श्रेष्ठले भने, 'काठमाडौंमा सफारीको पहिलो एक्सक्लुसिभ स्टोर उद्घाटन हुनु हाम्रो यात्राको महत्वपूर्ण माइलस्टोन हो । गुणस्तर र नवीनतालाई केन्द्रमा राख्दै, हामी प्रत्येक यात्रुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित अघि बढिरहेका छौँ ।' शोरूम उद्घाटनको अवसरमा सीमित समयका लागि सम्पूर्ण सफारी उत्पादमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सिटी सेन्टरमा सुरू गरिएको यो शोरूमले सफारीको टिकाउपन, आकर्षक डिजाइन र उचित मूल्यमा आधारित यात्रु-मैत्री लगेज उपलब्ध गराउने प्रतिबद्धतालाई अझ सबल बनाएको छ ।
आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने
काठमाडौं । हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कात्तिक २० गते बुकक्लोज गर्दैछ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।