स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग मन्त्रालय र युवा परिषदबीच समझदारी
काठमाडौं । उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच स्वदेशमै रोजगारी सिर्जना गर्ने समझदारी भएको छ । युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जनागरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद बिच सहकार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्थानीय श्रोत साधनको परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमहरुको माध्यमद्धारागरिब तथा बेरोजगार युवालाई उद्यमशिलता विकास मार्फत मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा सहभागी गराउने कार्यमा सो समझदारीले सघाउ पुर्याउनेछ । उद्योग मन्त्रालयका मन्त्री सुनील बहादुर थापा, राज्यमन्त्री रेशम बहादुर लामा तथा सचिव यामकुमारी खतिवडाज्यूको समुपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोईराला र युवा परिषद्का तर्फबाट उपाध्यक्ष माधवप्रसाद ढुंगेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्र अनुसार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकास लगायत विभिन्न विषयमा सीप विकास तालिम प्रदान गरिन्छ भने परिषद्बाट देशका सवै जिल्लामा जिल्ला युवा समितिको कार्यालय मार्फत युवा लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ । सो कार्यक्रमको कार्यान्वयनबाट युवा उद्यम कार्यक्रममा युवा उद्यम विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिदका लागि विना व्याज ऋण सहयोग र युवाहरुलाई ज्ञान सीप प्रदान गर्ने रस्थानीय स्रोत साधनको अधिकतमप्रयोग गरी स्वरोजगार बनाउने उद्देश्य हासिल गर्न सहयोग पुग्नेछ । सम्झौता पश्चात परिषद्ले युवा उद्यम विकास कार्यक्रम निर्देशिका, २०७३ बमोजिम “एक निर्वाचन क्षेत्रको एक वडामा दश युवा एक उद्यम ”कार्यक्रमको कार्यान्वयन गर्न युवा उद्यमीको छनौट गरी स्थानीयस्तरमासीप विकास तालिम सञ्चालन तथा प्रविधि हस्तान्तरण गर्नेछ भने मन्त्रालयले सामाजिक परिचालन, उद्यमशिलता विकास, सीप विकास, वित्तीय पहुँचमा सहजीकरण, उपयुक्त प्रविधिमा पहुँच, बजार पहुँच र व्यवसायिक परामर्श जस्ता सेवाहरु प्रदान गर्न सहयोग गर्नेछ । यसको कार्यान्वयनबाट मुलुक भित्रै रोजगारी सिर्जना गरी आगामी दश वर्ष भित्रमा श्रमको लागि विदेश जाने क्रमलाई अन्त्य गर्ने मन्त्रालयको ध्येयमा सघाउ पुग्ने मन्त्रालयले जानकारी दिएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै मन्त्रालयका सहसचिव कोईरालाले स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिवी निवारण कार्यक्रमको कार्यान्वयनमा समन्वय र सहकार्य कायम भई संघीयता कार्यान्वयनमा योगदान पुग्ने बताउए । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधब प्रसाद ढुंगेलले युवा लक्षित कार्यक्रमलाई परिणाममुखी बनाउने कार्यमा यो एउटा राम्रो शुरुवात भएकोमा खुसी व्यक्त गरेका छन् । उक्त समारोहमा बोल्दै उद्योग मन्त्रालयका सचिव श्रीमान् यामकुमारी खतिवडालेवेरोजगार युवा, महिला लक्षित यस कार्यक्रम मार्फत संस्थातगत रुपमा समन्वय र सहकार्य भई थप रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी राज्यमन्त्री रेशम बहादुर लामाले यसले स्थानीय तहमा भएको तालिमको दोहोरोपन हटाई परिणाममुखी नतिजा हासिल गर्नेमा जोड दिए । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै उद्योगमन्त्री सुनिलबहादुर थापाले यस सम्झौताको कार्यान्वयन पक्षमा जोड दिदै वेरोजगार युवाहरुलाई स्वरोजगार र रोजगारी सिर्जना गरी आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य हासिल गनुपर्नेमा जोड दिए ।
नेपाल औषधी उद्योगले माघदेखि सिटामोल उत्पादन गर्ने,१ ट्यावलेटको १ रुपैयाँ
काठमाडौं । नेपाल औषधी उद्योग लिमिटेडले आउदो माघदेखि सिटामोल उत्पादन थाल्ने भएका छ । सिटामोल उत्पादनको काम सुरु गर्न ९० प्रतिशत काम सकिएको महाप्रवन्धक डा. रोमशकुसुम सुवेदीले बताए । उद्योगले पहिलो चरणमा गत वैशाखदेखि जीवनजल उत्पादन थालेको थियो । उनले सिटामोल प्रतिट्यावलेट १ रुपैयाँ पर्ने जानकारी दिए । गत वैशाखदेखि सञ्चालनमा आएको उद्योगले आउदो ६ महिनापछि विश्व स्वास्थ्य संगठनको असल उत्पादन प्रणाली (जीएमपी) को प्रमाणपत्र पाउने भएको छ । निजी कम्पनीसंग प्रधिस्पर्धा गर्न नसकेको र व्यवस्थापकीय कमजोरीका कारण बन्द रहेको नेपाल औषधी तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीको प्रयासमा सञ्चालनमा आएको हो । यसअघि उद्योगले सिटामोल, जीवनजललगायत विभिन्न ब्राण्डका औषधी उत्पादन गरेको थियो । सरकारले १४ करोड रुपैयाँ अनुदान दिएपछि नयाँ उपकरण खरिद गरी उद्योग सञ्चालनमा आएको हो ।
मार्भल ब्राण्डका सातवटा उत्पादन जो गुणस्तरिय हुनुकाे साथै स्वास्थ्यका लागि पनि हितकारी
काठमाडौ । मार्भल ब्राण्डका पाइप तथा फिटिङहरु उत्पादन र बिकृ गर्दै आएको मार्भल टेक्नोप्लाष्ट प्रा.लि.ले बिहीबार ‘मार्भेलस नाइट’को आयोजना गरी आफ्ना उत्पादनहरुका बारेमा डिष्ट्रिब्यूटर तथा डिलर र मिडियाहरुलाई जानकारी गराएको छ । द लुब्रिजोल कर्पोरेशन, यूएसएको लाइसेन्स लिएर नेपालमा अन्तर्राष्ट्रियस्तरका पाइप तथा फिटिङरु उत्पादन गर्दै आएको मार्भल टेक्नोप्लाष्टले आयोजना गरेको सो कार्यक्रममा पाँचसय भन्दा बढि डिष्ट्रिब्युटर तथा डिलरहरु सहभागी थिए । कार्यक्रममा मार्भल टेक्नोप्लाष्ट प्रा.लि.का भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेतीले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको बताए । सञ्चेतीले मार्भल ब्राण्डका एनएसएफ सर्टिफाइड र लिड फ्रि उत्पादनहरुले स्वस्थ र स्वच्छ नेपाल निर्माणका लागि मात्रै नभएर नेपालको निर्माण क्षेत्रलाई बलियो बनाउन ठूलो योगदान पुग्ने बताए । यसको मुख्य कारण आफ्ना उत्पादनहरु वातावरणमैत्री, टिकाउ, गुणस्तरीयता र किफायती भएकाे कम्पनीले जनाएकाे छ । लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाउँदै आएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुई वटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ । पचास वर्षभन्दा बढि इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकता अनुसारका उत्पादनहरु दिन सफल भएको छ । अहिले मार्भल ब्राण्डका सातवटा उत्पादनहरु बजार छन् । यी सबै उत्पादनहरु इको–ग्रीन र लिड फ्रि छन् । यसले बाताबरणलाई कुनै हानीनोक्सानी नगर्नुका साथै मानव स्वास्थ्यमा असर गर्दैन । लिड फ्रि सीपीभीसी पाइप उत्पादन गर्ने मार्भल नै पहिलो कम्पनी हो नेपालमा । मार्भलको उपस्थितिले लिडयुक्त पाइपहरु प्रयोग गर्न बाध्य रहँदै आएका उपभोक्तलाई ठूलो राहत मिलेको छ । मार्भल टेक्नोप्लाष्टका लोकप्रिय उत्पादनहरुः १) मार्भल फ्लोगार्ड प्लास–पाइप एण्ड फिटिङ २) मार्भल प्योरफ्लो–यूपीभीसी कोल्ड वाटर पाइपिङ सिस्टम ३) मार्भल इकोडन–लिड फ्रि ड्रायनेज सिस्टम ४) मार्भल ड्युराड्रान– अण्डरग्राउण्ड ड्रायनेज पाइप ५) मार्भल अक्वाफ्लो– यूपीभीसी प्रेसर पाइप ६) मार्भल बोरवेल– क्यासिङ पाइप फर बोरवेल ७) मार्भल सेफडक्ट– फायर रेसिस्टेन्ट यूपीभीसी कन्डक्ट पाइप एण्ड फिटिङ लिड अर्थात शिशाको मिश्रणले पानीलाई विषाक्त बनाएर मानव स्वास्थ्यमा असर गर्छ । कानुनी रुपमा पनि यस्ता लिडयुक्त पाइपहरु प्रयोग गर्न पाइँदैन । मार्भलका उत्पादनहरु डब्ल्युएचओ स्टाण्डर्डअनुसार रहेको र उसले आफ्नै ल्याबमा परीक्षण गरेपछि मात्रै बजारमा ल्याउने गरेको कम्पनीको अध्यक्ष महाविरसिंह सन्चेतीले बताए । साथै, मार्भलका पीभीसी र सीपीभीसी पाइपहरु एनएस र एनएफएस सर्टिफिकेट प्राप्त छन् । यी पाइपहरुमा उच्च तापक्रम बहन गर्नसक्ने क्षमता छ । यसमा थर्मल एक्सपान्शन अर्थात पाइपको साइज घटबढ हुने समस्या न्यून छ । यो पाइपमा कुनै पनि लेउ लाग्ने वा पानी बग्ने प्रवाहमा अवरोध हुँदैन । ‘उपभोक्ता के कुरामा निश्चिन्त भए हुन्छ भने यो भनेको वान टाइम इन्भेष्टमेन्ट हो भन्दै मार्भल टेक्नोप्लाष्टले मानिसले जीवनमा घर प्रायः एक पटक मात्रै बनाउने भएकाले गुणस्तरसँग सम्झौता गर्न हुन्न’ सन्चेती भन्छन्–‘एक पटक पाइप फिटिङ गरिसकेपछि बीचमा खिया लाग्यो वा पानी चुहियो भनेर फेर्नुपर्ने अवस्था नआओस भन्ने सबैको चाहना हुन्छ भन्दै कम्पनीले त्यसको सुनिश्चितता मार्भलका पाइप तथा फिटिङहरुले गर्ने जनाएको छ ।’ कम्पनीका भाइस प्रेसिडेन्ट पवनकुमार सञ्चेतीको अनुसार अन्य कुनै पाइप प्रयोग भएको छ र मार्भलको पाइप हाल्नुपर्यो भने पनि जडान गर्न सजिलै सकिन्छ । मार्भलको पाइप जडान गर्दा स्पेस थोरै खान्छ । भित्ता थोरै काटेर, सिमेन्ट बालुवाको थोरै प्रयोगले यो पाइज जडान गर्न सकिन्छ । कोल्ड वाल्डिङ प्रोसेसबाट पाइप जडान हुने भएकाले पानी लिक हुने कुनै समस्या हुँदैन । निजी आवासदेखि ठूला अपार्टमेन्ट, कार्यालय भवन र व्यापारिक कम्प्लेक्सहरुको निर्माण बढने क्रमसँगै सीपीभीसी पाइपहरुको माग बढ्दै गएकाले उक्त माग पूर्ति गर्न आफूहरु सक्षम रहेको मार्भलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । आगामी दिनमा आफ्नो नेटवर्कलाई थप विस्तार गरी ग्रामीण क्षेत्रसम्म सहज आपूर्तिको व्यवस्था गर्ने योजना बनाएको मार्भल टेक्नोप्लाष्टले यसका बारेमा जनतालाई अझै धेरै परिचित गराउन बाँकी रहेको बताएको छ । विराटनगरमा रहेको मार्भल पाइपको उद्योगले मुलुकका अधिकांश स्थानमा आफ्ना उत्पादनहरु पुर्याउन सफल भइसकेको छ । यसको कच्च पदार्थ बाहिरबाट ल्याउनुपर्ने र लिड फ्रि हुने भएकाले सामान्य महंगो भएको बताउँदै सञ्चेती भन्छन्–‘एक पटक जडान गरेपछि जीवनभरलाई हुने भएकाले यो अन्य पाइपहरुभन्दा निकै सस्तो हो ।’ नेपालमै अन्तर्राष्ट्रियस्तरका पाइपहरु उत्पादन सुरु भएपछि भारतबाट आउने क्रम निकै घटेको उनले बताए ।