उद्योगमन्त्री यादवले भने–वन्द उद्योग पुनःसञ्चालन गरिनेछ, जनकपुर चुरोट कारखानाप्रति गम्भिर

धनुषा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताए । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा शुक्रबार जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बन्द कारखाना छिट्टै सञ्चालनमा ल्याउने बताएको हो । जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उनले उक्त कम्पनी प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडी बढ्न नसक्ने जानकारी गराए । समाजवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उनको भनाइ थियो । ‘अहिलेको चुनौती संविधान संशोधन हो, संविधान संशोधनको सवालमा वर्तमान सरकारले आवश्यक पहल गर्छ,’ उनले भने ‘सबैलाई समेटेर संविधान संशोधन हुन्छ ।’ रासस

प्रधानमन्त्री ओलीले भने–आगामी कात्तिकभित्रै दुई अंकको आर्थिक बृद्धि हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए । बिहीबार प्रधानमन्त्री ओली निवास बालुवाटारमा नेपाल चेम्बर अफ कमर्शले १८ बुदे सुझाब प्रतिवेदन बुझाउने क्रममा उनले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धि पुर्याउने प्रतिबद्धता जनाए । तर दुई अंकको आर्थिक बृद्धिदरले मात्र पर्याप्त नहुने उनको भनाइ छ । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुर्याउने योजना रहेको प्रधानमन्त्री ओलीले जनाए । त्यस्तै सोही कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चाहीँ चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तुरुन्तै गर्ने बताए । दिइएका सुझावहरुमध्ये गर्न हुनेलाई गर्ने र गर्न नहुनेलाई भने नगर्ने स्पष्ट पारेका थिए । चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिदै उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको जनाएको छ । प्रतिवदेनमा मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको बताइएको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतिवेदनमा स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीदेखि कृषि, उर्जा, पर्यटन लगायत मुलुकको समग्र आर्थिक विकास समेटिएको बताएका छन् ।

चेम्बरले प्रधानमन्त्रीलाई बुझायो १८ बुँदे सुझाब, दुई अंकको आर्थिक वृद्धिको दशक बनाउन पर्ने माग

काठमाडौं । निजी क्षेत्रले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्वरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्रकोतर्फबाट सुझाब प्रतिवेदन बुझाएको छ । प्रतिवदेनमार्फत मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको जनाइएको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक कार्यक्रमवीच १८ बुँदे सुझाबसहितको २३ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । जसमा कृषि क्षेत्र, उर्जा क्षेत्र, पर्यटन क्षेत्रलगायत सम्बन्धी सुझाब रहेका छन् । व्यवसयामा लागत घटाउने, कानुनी शासनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी जुटाउने सम्बन्धी सुझाबहरु प्रतिवेदनमा समाबेश गरिएको चेम्बरले बताएको छ । राजस्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ को व्यवस्था लगायतको सम्बन्धमा समेत प्रधानमन्त्रीलाई सुझाब दिइएको चेम्बरको भनाइ छ । त्यस्तै अत्यधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको विगतदेखि नै निजी क्षेत्रले उठाउदै आएको छ । त्यसको समाधान गर्न निश्चित समुदायको पर्वमा सोही समुदायलाई मात्रै विदा गर्र्नु पर्ने व्यवस्था मिलाइदिन निजी क्षेत्रको माग छ । सुझाब बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धिदरमा पर्याप्त नहुने बताए । साथै स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुयाउने योजना रहेको उनको भनाइ छ । चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने स्पष्ट पारे ।