अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष मुलुकको लागि खाँचो छ- अध्यक्ष गोल्छा
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएको बताए । समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै उनले मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव रहेकाे बताएका हुन् । मेला महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधिकरण र नविनतम उद्यमशीलताको प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उनले बताए । अहिले पनि दशकौं पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचाे रहेको र सरकार निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न उनले समितिलाई सुझाव दिए । साथै, उनले महासंघले आयोजना गर्ने मेला महोत्सवलाई कसरी अझबढी स्तरीय र अन्तराष्ट्रियस्तरमा आयोजना गर्न सकिन्छ त्यसमा पनि समितिलाई क्रियाशिल हुन सुझाव दिए । महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काको सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ । समितिका सह-सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन् । समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सीना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ छन् । त्यसैगरी, समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्व कार्य समिति सदस्य राकेश मुल्मी, धादिङ उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवामहासंघ प्रदेश १ का सदस्य रविन कुमार दाहाल, आनका पूर्व अध्यक्ष संतोष श्रेष्ठ,नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धिरज थपलिया, नेपाल वोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य छन् । समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिल सुन्दर श्रेष्ठ, मनिषलाल प्रधान, अभिनाश बोहोरा, अरुणराज सुमार्गी, राजेन्द्र राउत, कृष्णलाल महर्जन, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, ई. देश बन्धु बस्नेत (अजित), भक्त बहादुर हमाल, बाबुराम गिरी, हेमराज ढकाल र ज्योत्साना श्रेष्ठ र विशेष सल्लाहकारमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक सरद विक्रम राणा छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गर्दै मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरीय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने बताए । मेला समितिका सभापति खड्काको अध्यक्षतामा वसेको पहिलो बैठकले मेला महोत्सव आयोजान गर्ने सम्बन्धमा फुकुवा गर्न नेपाल सरकारमा पहल गर्ने, नवौ अन्तराष्ट्रिय मेला आयोजनाका लागि पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।
महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार, दुई दर्जन व्यक्ति समेटिए
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छौं । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजय कुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर रहेका छन् । समितिका विशेष आमन्त्रितहरुमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लिला बहादुर अधिकारी, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उद्योग वाणिजय संघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी,ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुसन महर्जन, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शुभाषकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य ज्ञानबहादुर तामा¨, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएन नेपालका सदस्य केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपाल प्रसाद ढकाल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रा.लि.का प्रवन्धक हरि दाहाल रहेका छन् । त्यसैगरी समितिका सल्लाहकारहरूमा महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, उद्योग समितिका सभापति भरतराज आचार्य, मेला समितिका सभापति नरेन्द्र खड्का, स्थानिय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, स्टार्टअप एण्ड इनोभेशन समितिका सभापति रंजितराज आचार्य, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएन नेपालका पूर्व अध्यक्ष रामकृष्ण प्रशाई, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यद्वय खुसनारायण सैजु र लोकविक्रम थापा रहेका छन् । समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले भने–नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत ंछ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । कोभिडको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययन सहित सुझाव तयार गरोस, तपाईहरूले गर्नुहुने गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागि समेत सहयोगी होस भन्ने चाहना महासंघले गरेको छ ।
उद्योग दर्तामा एकद्वार प्रणाली
विराटनगर । प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पूँजी आकर्षित गराउन पनि सरकारले उद्योग स्थापनादेखि सञ्चालनसम्मको प्रक्रिया पूरा गर्न एकद्वार प्रणाली लागू गर्नु पर्ने आवश्यकता रहेको उद्योगीहरुको भनाइ छ । उद्योग स्थापना र सञ्चालनमा अधिराज्यमै पहिलो मानिएको मोरङ–सुनसरी जिल्लामा अहिले धेरै उद्योग बन्द छन् भने साना, मझौला र ठूला गरी लगभग १९९ उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको उद्योग सङ्गठन मोरङले जनाएको छ । नेपालको राजनीतिक इतिहासमा मजदूर आन्दोलन महत्वपूर्ण भूमिका रहेको सन्दर्भमा मुलुकमा उद्योगधन्दा फस्टाउनु पर्नेमा भएका उद्योगसमेत बन्द हुनुलाई धेरैले दुर्भाग्यपूर्ण मानेका छन् । पटकपटकको राजनीतिक उथलपुथल, पूर्वाधारको विकास नहुनु, ऊर्जा र जग्गा सहज ढङ्गले उपलब्धता हुन नसक्नु, चन्दा आतङ्क, नेपाल बन्द जस्ता क्रियाकलापले उद्योग क्षेत्रले फस्टायन नसकेको उद्योगी व्यवसायीको ठम्याइ छ । उद्योग सङ्गठन मोरङमा आवद्ध उद्योगमा सुनसरीमा ६० वटा छन् भने मोरङमा १३९ वटा रहेको उद्योग सङ्गठनका महानिर्देशक नवराज कोइरालाले जानकारी दिए । यस सङ्गठनमा आवद्ध सुनसरी–मोरङबाहेक उदयपुरको सिमेन्ट कारखाना, धनकुटाको निराली सिमेन्ट, सुप्रिम सिमेन्ट (भैरहवा), गृहलक्ष्मी ग्यास उद्योग (पोखरा), एमएस पोलिनिस प्रालि (हेटाैँडा), नेपाल ढलौट उद्योग (काठमाडौँ), ह्यूमपाइप एण्ड कङ्क्रिट इण्डस्ट्रिज (सिरहा), धिरज चामल उद्योग (झापा), भूदेव खाद्य उद्योग (सर्लाही) र टि–प्लान्टेशन (धनकुटा) छन् । यी उद्योगले झण्डै दुई लाखभन्दा बढीलाई रोजगार दिएका छन् भने मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुगेको छ । यस क्षेत्रमा सबैभन्दा बढी गोल्छा अर्गनाइजेशनबाट सञ्चालित अरिहन्त मल्टिफाइवर्स उद्योग (सुनसरी)ले १० हजार भन्दा बढीलाई रोजगार दिएको छ । उद्योगहरु सञ्चालन गर्न सरकारले नयाँ प्रविधिको उद्योगका लागि भन्सार छुट, आयकरमा छुट दिनुपर्ने सङ्गठनका वरिष्ठ अधिकृत विनोद भट्टराईले बताए । उनले रोजगार र उत्पादनले मुलकको आर्थिक विकासमा महत्वपूण भूमिका निर्वाह गर्ने उद्योग र उद्योगीका लागि सरकारले उद्योगीको मागलार्ई नजरअन्दाज गर्न नहुने भने । सुनसरी–मोरङमा नाम चलेका मोरङ सुगर मिल, अशोक टेक्सटाइल, गणपति कटन मिल, जुद्ध म्याच फैक्ट्री, विराटनगर जुट मिल, कोशी मेटल क्राफ्ट, धनावत बिडी उद्योग, अन्नपूर्ण सोप, अन्नपूर्ण कन्फेक्सनरी, खनार सुनसरीका जल्पादेवी राइस मिल, अरुण वनस्पति उद्योग, सूर्या गार्मेन्ट र स्थापना भएर केही वर्ष सञ्चालन भएपछि बन्द भएको छ भने क्रिसेन्ट इण्डस्ट्रिज प्रालि सुनसरीका यो उद्योग स्थापना भएर सञ्चालनमा नआउँदै बन्द भएको उद्योग सङ्गठन मोरङले जानकारी दियो । यस्ता उद्योगले स्थानीय तहमा हजाराैँ मानिसलाई रोजगार दिएको थियो तर यी उद्योग बन्द हुनुको कारण उद्योगीहरुले सरकारलाई दोषी मानेका छन् भने उद्योगमा काम गर्ने मजदूरहरुले उद्योगीलाई । अहिले प्रदेश नं १ मा मझौला र ठूला गरी ६७३ वटा उद्योग सञ्चालनमा रहेको प्रदेश योजना आयोगले जनाएको छ । आयोगका अनुसार औद्योगिक लगानीमा वार्षिक वृद्धि दर ११ दशमलव ३३ प्रतिशत छ भने मझौला र ठूला गरी औद्योगिक उत्पादन ८२ अर्ब २७ करोड देखिएको छ । यस क्षेत्रमा वैदेशिक लगानी १० अर्ब २४ करोड रहे पनि उद्योगले २० प्रतिशत मात्र स्थानीय कच्चा पदार्थमा आधारित छन् । मोरङमा धरान विराटनगर सडक खण्डको पहडगछस्थित भारतीय कम्पनीले कूल रु १३ अर्ब भन्दा बढी लगानीमा बहुउद्देश्य उत्पादन गर्ने उद्देश्यले स्थापित आरती स्ट्रिप्स प्रालि विराटनगरमा लगभग ८०० मजदूर दैनिक काम गर्छन् । प्रालिका प्रशासन प्रमुख दिवस नेपालले यस्ता उद्योगको स्थापनाबाट स्वदेशमा रोजगारी सिर्जना हुनुका साथै यहाँ उत्पादित कच्चा पदार्थको सदुपयोग हुने र आयात कम हुने र निर्यात बढ्ने भएकाले मुलुकको आर्थिक अवस्था बलियो हुने धारणा राखे । यस्तै लगानी बढाउन र उद्योग स्थापना गर्न यस क्षेत्रमा देखिएको कठिनाइलाई हटाउन उद्योग स्थापना एवं सञ्चालनका लागि एकद्वार प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारकोे ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन उद्योग स्थापना गरी रोजगार सिर्जना गर्नु, उत्पादन बढाएर निर्यातलाई वृद्धि गर्नु मुलुकभित्र आम्दानीको स्रोत बढाउनु र आफ्ना सीप जाँगर, समय र धन खर्च गरेर विदेशिने युवालाई स्वदेशमै रोजगार दिनुको विकल्प नभएको प्रदेश नं १ का प्रदेशसभा सदस्य राजीव कोइरालाले बताए । सरकारले मुलुकभित्र थप रोजगारी सिर्जना गरी क्रमशः नेपाली वैदेशिक रोजगारीमा जान नपर्ने व्यवस्था बनाउन आर्थिक वर्ष २०७५/७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । यसलाई कार्यान्वयन गर्न विगतमा सरकारले विनियोजन गरेकोे सात वटै प्रदेशका लागि उद्योग ग्रामको पूर्वाधार विकासका लागि २८ करोडले पर्याप्त नहुने प्रदेशसभा सदस्य कोइरालाको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउत कुनै पनि उद्योग सञ्चालन एवं स्थापना गर्दा शुरुदेखि अन्तिमसम्मको उद्योगको काम फरकफरक मन्त्रालय धाउनुपर्ने बाध्यतालाई हटाउन सरकारले एकद्वार प्राणाली लागू गर्नुपर्ने धारणा राख्छन् । उद्योगीले बेहोर्नुपर्ने अनावश्यक झन्झट समाप्त हुने र सरकार उद्योगमैत्री पनि देखिने भएकाले उद्योगी व्यवसायीको मागलाई ध्यान दिनुपर्ने उद्योगी व्यवसायीको साझा माग रहेको छ । मुलुकमा उद्योगधन्दाको विकासबिना देश आर्थिक रुपमा बलियो हुन नसक्ने भन्दै आयात घटाउन र निर्यात बढाउन उद्योगीको लागि एकद्वार प्रणाली लागू हुनुपर्ने महासङ्घका केन्द्रीय सदस्य राउतको सुझाव छ । उद्योग सङ्गठन मोेरङका अध्यक्ष भीमप्रसाद घिमिरे पनि विगतमा सञ्चालित भएर अहिले बन्द भएका उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । व्यवसायीहरु उद्योग स्थापनादेखि सञ्चालनसम्मका प्रक्रियामा उद्योगले बेहोर्ने झन्झटलाई निकास दिन एकद्वार प्रणाली लागू गर्नुको अर्को विकल्प देख्दैनन् । उनले उद्योग सञ्चालन एवं स्थापना गर्दा कम्पनी रजिष्ट्रार कार्यालय, वातावरण मन्त्रालय, उद्योग मन्त्रालय जस्ता अनेकौं मन्त्रालय र कार्यालय धाउनुपर्ने भएकाले उद्योग स्थापनाका लागि एकद्वार प्रणाली हुनुपर्ने आफूहरुको माग रहेको अध्यक्ष घिमिरे बताउँछन् । उनले भने, ‘‘यसअघि यस विषयमा नेपाल सरकार, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय सबै ठाउँमा समस्या जाहेर गरिसकेका छौँ तर पनि हाम्रो सुनवाइ भएको छैन ।’’ एकद्वार प्रणालीले उद्योग स्थापना गर्न सजिलो हुने र स्वदेशमा विदेशी पूँजी पनि भित्र्याउन सकिने र प्रशस्त रोजगार सिर्जना हुने भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले सरकारले उद्योग र उद्योगीका निम्ति एकद्वार प्रणाली लागू ग¥यो भने समय, लागत घट्नुका साथै उत्पादन हुने वस्तुको मूल्य निर्धारण गर्न पनि सजिलो हुने धारणा राखे । उनले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने सरकारको सङ्कल्पलाई पूरा गर्न पनि उद्योग स्थापनादेखि सञ्चालनसम्मको प्रक्रिया पूरा गर्न एकद्वार प्रणालीको विकल्प नरहेको प्रतिक्रिया दिए । उनले नयाँ उद्योग स्थापना गर्न सेज स्थापना गर्नुपर्ने, दर्ता प्रक्रियालाई एवद्वार प्रणालीमा ल्याउन सके उद्योगीको हौसला बढ्ने कुरामा जोड दिँदै आयात घटाउने र निर्यात बढाउने उद्योग सञ्चालन एवं स्थापनामा लागि पर्ने प्रतिक्रिया दिए । रासस