परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडाैं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । परिसंघले सधै स्वदेशी उत्पादनको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरीखर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जनाएको छ । सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसभन्दा पहिले परिसंघले तेस्रो मुलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष मुलुकको लागि खाँचो छ- अध्यक्ष गोल्छा

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएको बताए । समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै उनले मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव रहेकाे बताएका हुन् । मेला महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधिकरण र नविनतम उद्यमशीलताको प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उनले बताए । अहिले पनि दशकौं पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचाे रहेको र सरकार निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न उनले समितिलाई सुझाव दिए । साथै, उनले महासंघले आयोजना गर्ने मेला महोत्सवलाई कसरी अझबढी स्तरीय र अन्तराष्ट्रियस्तरमा आयोजना गर्न सकिन्छ त्यसमा पनि समितिलाई क्रियाशिल हुन सुझाव दिए । महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काको सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ । समितिका सह-सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन् । समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सीना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ छन् । त्यसैगरी, समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्व कार्य समिति सदस्य राकेश मुल्मी, धादिङ उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवामहासंघ प्रदेश १ का सदस्य रविन कुमार दाहाल, आनका पूर्व अध्यक्ष संतोष श्रेष्ठ,नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धिरज थपलिया, नेपाल वोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य छन् । समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिल सुन्दर श्रेष्ठ, मनिषलाल प्रधान, अभिनाश बोहोरा, अरुणराज सुमार्गी, राजेन्द्र राउत, कृष्णलाल महर्जन, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, ई. देश बन्धु बस्नेत (अजित), भक्त बहादुर हमाल, बाबुराम गिरी, हेमराज ढकाल र ज्योत्साना श्रेष्ठ र विशेष सल्लाहकारमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक सरद विक्रम राणा छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गर्दै मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरीय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने बताए । मेला समितिका सभापति खड्काको अध्यक्षतामा वसेको पहिलो बैठकले मेला महोत्सव आयोजान गर्ने सम्बन्धमा फुकुवा गर्न नेपाल सरकारमा पहल गर्ने, नवौ अन्तराष्ट्रिय मेला आयोजनाका लागि पहल गर्ने लगायतका निर्णयहरु गरेको छ ।

महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार, दुई दर्जन व्यक्ति समेटिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छौं । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजय कुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर रहेका छन् । समितिका विशेष आमन्त्रितहरुमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैडाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लिला बहादुर अधिकारी, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उद्योग वाणिजय संघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी,ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुसन महर्जन, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषाल, धुलिखेल उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शुभाषकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य ज्ञानबहादुर तामा¨, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएन नेपालका सदस्य केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपाल प्रसाद ढकाल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रा.लि.का प्रवन्धक हरि दाहाल रहेका छन् । त्यसैगरी समितिका सल्लाहकारहरूमा महासंघको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, उद्योग समितिका सभापति भरतराज आचार्य, मेला समितिका सभापति नरेन्द्र खड्का, स्थानिय आर्थिक विकास समितिका सभापति सुरकृष्ण वैद्य, स्टार्टअप एण्ड इनोभेशन समितिका सभापति रंजितराज आचार्य, नेपाल हव्र्स एण्ड हर्वल उत्पादक संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे, फुटवेयर म्यानुफयाक्चर्स एसोसिएन नेपालका पूर्व अध्यक्ष रामकृष्ण प्रशाई, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यद्वय खुसनारायण सैजु र लोकविक्रम थापा रहेका छन् । समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले भने–नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत ंछ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । कोभिडको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । यो क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययन सहित सुझाव तयार गरोस, तपाईहरूले गर्नुहुने गृहकार्यबाट आउने सुझाव महासंघले तयार गर्ने भिजन पेपरका लागि समेत सहयोगी होस भन्ने चाहना महासंघले गरेको छ ।