क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् । नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो उपसमितिको संयोजकको रूपमा प्राडा. सुवर्ण शाक्य रहेका छन् । सदस्यहरूमा चिरञ्जीवी अधिकारीसहित प्राडा. मनिष पोखरेल, डा. बाबुराम दवाडी, डा. भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् । यसैगरी प्रदीप ढोडारी सदस्य सचिवको भूमिकामा रहेका छन् । नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ । समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए । चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधिसम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड २ लाख ७० हजार सहयोग

काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ रकम जम्मा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् । अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी-पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतस्वरूप टेलिकमले कोषमा रकम जम्मा गरेको हाे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएक थिए ।

एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपालपे कार्डका लागि समझदारी

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच नेपालपे कार्ड जारी तथा पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान तथा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र  नेश्नल  पेमेन्ट सिस्टम कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ । उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एस्सीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात एनपीएस-एनसीएस एसएफको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र इन्टिग्रेट गर्न सक्नेछ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुनेछ । एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्कीमको प्रोसेसिङ र कार्ड सर्भिसिङकाे सुविधा प्रदान गर्दै आएको छ भने एस्सीटीले बैंक वित्तीय संस्थाहरूलाई कार्ड प्रोसेसिङको सेवा दिँदै आएको छ ।