क्यान अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छिन । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका हुुन्् । क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच अहिले मतदान भइरहेको छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक÷एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् ।

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द, अरु को-को चुनिए ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए । क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चन भएका छन् ।

भारतका सराभनन मनीले जिते एशियन शारीरिक सुगठनको उपाधि, नेपाल तेस्रो

काठमाडाै‌ं । भारतका सराभनन मनीले ५५ औँ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत मिस्टर एशियाको उपाधि उचालेका छन्। सराभननले अन्य दश प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। शारीरिक सुगठनतर्फ विभिन्न दश तौल समूहका विजयीहरुबीच भएको मिस्टर एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन्। उनी ९० केजी तौल समूहमा विजयी हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए। एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय भएको छ। पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकमा दोस्रो भयो। महिलातर्फ थाईल्याण्डले टिम च्याम्पियनसिपको उपाधि जितेको छ। भियतनाम दोश्रो र हङ्गकङ्ग तेश्रो भयो। बुधबार सम्पन्न पुरुष एथलेट फिजिक् १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे। यो विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे। च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक,६ रजत र ५ कास्य पदक प्राप्त गर्यो। नेपालका विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण पदक जिते। सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरे। कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक हात पारे। च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले ४५ विधामा स्पर्धा गरेका थिए। शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा आयोजक नेपाल सहित भुटान, चीन, हङकङ चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको थियो।