सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा

काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

आरएमडीसी लघुवित्तको २७ प्रतिशत लाभांशसँगै मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २७.३६ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको हो । लघुवित्तको संचालक समितिको गत वर्षको नाफाबाछ सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र १.३६४ प्रतिशत नगद लाभांश यस्तै, उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ कोे वार्षिक प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा बाँकी ११ अर्ब ८४ करोड रहेको बताइन् । उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जस अनुसार आरएमडीसीको १०० कित्ता सेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । छिमेक लघुवित्तको संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको २१ औं साधारण सभाले समितिले प्रस्ताव गरेको २५.२६ प्रतिशत लाभांश पारित गरेको थियो । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिनशत बोनस सेयर ३.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । संस्थाले हाल ६९ जिल्लामा १९५ वटा शाखामार्फत ४ लाख २९ हजार १७३ जनालाई सेवा दिँदै आएको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, यस वित्तीय संस्थाको अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड पुऱ्याउने निर्णय समेत साधारण सभाले गरेको छ ।