प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता गरी ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । इच्छुक लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्ने छन् । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने इन्स्योरेन्सले जनाएको छ ।
पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन प्रस्ताव पारित गर्न शनिबारका लागि विशेष साधारण सभा आयोजना गर्दैछ । कम्पनीको गत चैत्र २७ गते बसेको सञ्चालक समितिको बैठकले शनिबार काठमाडौं अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि साधारणसभा सञ्चालन गर्ने निर्णय गरेको हो । सभामा आईपीओ निष्काशनका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने, नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संशाेधन गर्ने प्रस्ताव पेस हुनेछ । कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यूनाइटेड अजोडको १ लाख १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी पृथी तिवारीको नाममा रहेको १ लाख कित्ता र सिर्जना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता गरी कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै यो सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने छ ।