गुडविल फाइनान्सले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । पुस ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर सहि) गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ ।
गरिमा विकास बैंकको नगद लाभांश घोषणा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।