प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, वातावरण भने झनै दूषित

प्रदूषण नियमन्त्रणका नाममा सरकारले २० वर्षदेखि प्रतिलिट सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । यसरी जम्मा भएको रकम प्रदूषण नियन्त्रका क्षेत्रमा भने पटक्कै खर्च भएको छैन । देशभर विग्रदै गएको वातावरण प्रदूषण र सशरी क्षेत्रमा बढेको अत्यधिक प्रदूषणले दैनिकी कष्टकर बनाउँदै गएको छ । सरकारले ०५३ देखि देशभर चल्ने सवारी साधानमा खपत हुने इन्धनबाट यस्तो प्रदूषण शुल्क लिने गरेको छ । ०७४ बैशाखसम्म आइपुग्दा यो रकम ४ अर्ब ४ करोड १७ लाख रुपैयाँ जम्मा भैसकेको छ । यो रकम बातावरण प्रदूणा नियन्त्रका नाममा संकलन भएपनि नाम अनुसार खर्च हुन सकेको छैन । नागरिक दैनिकबाट ।

प्रभु टेक्नोलोजीद्धारा मोवाइल पेमेन्ट सिस्टम शुरु, केही महिनामै संचालनमा आउने

काठमाडौं । प्रभु टेक्नोलोजीले मोवाइल पेमेन्ट सिस्टमको शुरुवात गर्न लागेको छ । नेपाल राष्ट्र बैंकबाट पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभु टेक्नोलोजीलाई लाइसेन्स दिइएको हो । योसँगै नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । लामो समयको अध्ययनपछि यो प्रकृया अघि बढेको हो । यसका लागि नेपाल दुरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंंकको टोलीले सबै गृहकार्य सम्पन्न गरेको छ । यसका लागि प्रभु टेक्नोलोजीले यो सेवा संचालनको लागि पहिलो लाइसेन्स प्राप्त गरेको हो । क्यास लेस ट्रान्जेक्शनको आवश्यकतालाई यसले सहजिकरण गर्ने छ । खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई यो प्रविधिले अन्त्य गर्ने विश्वास लिइएको छ । अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ । तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यबस्था भित्राउने छ । जसबाट अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ । तपाईको मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नुहुन्छ । यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले होमवर्क गरेको थियो । विदेशी टेक्नोलोजीलाई नेपालमा भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ । केहो हो मोवाइल पेमेन्ट सिष्टम ? मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यो प्रविधि अनुसार मोवाइलमै रकम जम्मा गर्न मिल्छ । मोवाइमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ भने बैंक खातामा भएको रकम आफूलाई आबश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा राख्न सकिन्छ । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरीद गर्न पनि सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । प्रभु टेक्नोलोजीको सेवा कसरी लिने ? प्रभु टेक्नोलोजी नेपालको बैंकिङ ग्रुप अन्तरगतको प्रभु ग्रुपद्धारा संचालिन कम्पनी हो । यस कम्पनीले मोवाइल पेमेन्ट सिस्टम सुरु गरेको हो । जसले मोवाइल पेमेन्ट सिस्टमको सबै जिम्मेवारी लिएको छ । यसको प्रयोगका लागि प्रभु बैंंकमा रहेको खाताबाट आफ्नो मोवाइलमा रकम जम्मा गर्न सकिन्छ भने अन्य बैंकको खातामा रहेको रकम पनि जम्मा गर्न सकिन्छ । साथै मोवाइलमा जम्मा गरेको रकम सिधै कुनै पनि बैंकको खातामा पठाउन सकिन्छ । यसबाहेक विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिले सिधै मोवाइलमा रकम पठाउन सक्ने छ । तर प्रभु बैंकमा खाता रहेको हुनु पर्ने छ । खाताबाट मोवाइलमा पठाइसकेको रकम भने जुनसुकै बैंकको खातमा पनि जम्मा गर्न सकिन्छ । त्यसैगरी अन्य बैंकको खातामा रहेको रकम पनि मोवाइलमा पठाउन तथा अर्को बैंकका जम्मा गर्न सकिन्छ ।

वायुसेवा निगमलाई जहाज भाडामा दिन भुटान एयरलान्सले बाजी मार्यो, दुई महिने जहाज भाडाको सम्झौता भोली

काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज भाडमा दिन भुटानी र युक्रेनी वायुसेवाबीचको प्रतिस्पर्धामा भुटानी वायुसेवाले बाजी मारेको छ । निगमले जहाज भाडामा लिन मागेको प्रस्तावमा भुटानको टासी गु्रप अन्तर्गतको भुटान एयरलाइन्स र युक्रेनको टुवेल्भ स्टार एभिएसन अन्तर्गतको स्टार एयरलाइन्सले प्रस्ताव पेश गरेका थिए । यी दुई वायुसेवाको प्रस्तावमा प्राविधिक र आर्थिक दुबैमा भुटान एयरलाइन्सको उपयुक्त पाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । निगमले मागेको वेट लिज (जहाजसहित क्याविन क्रुको टोली)को प्रस्ताव उपयुक्त भएकोले भोली बुधबार सम्झौता हुने भएको छ । निगमले भुटान एयरलान्सबाट एयरवसको ए३२० नामक १५० सिट क्षमताको जहाज भाडामा लिन लागेको हो । भुटान एयरलाइन्ससँग ए३१९ नामक १२२ सिट क्षमताको जहाज पनि रहेको छ । निगमको तयारी अनुसार एउटा ए३२० जहाजबाटै निगमको उडान हुने गरी सम्झौता हुने भएको छ । भुटान एयरलाइन्स भुटानको पहिलो निजी क्षेत्रबाट सञ्चाललिन जहाज पनि हो । निगमका अनुसार यो वायुसेवाले कति मूल्यमा मासिक उडान गर्ने भएको छ भन्ने जानकारी भने भोली वायुसेवा निगम र भुटान एयरलाइन्सबीच हुने दुईपक्षिय सम्झौतापछि मात्रै सार्वजनिक गरिने जानकारी दिए । निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा लिने सुनिश्चित भएको छ । हामीसँग भएको २ वटा एयरवस नियमति उडानमै रहेकोले थप जनशक्ति नभएकोले पनि निगमले वेट लिजमा जहाज लिन लागेको हो । जहाजसँगै भुटान एयरलाइन्सकै पाइलट, इन्जिनियर, एयरहोस्टेज हुनेछन भने नेपाली यात्रुलाई सेवा दिने काम मात्रै हुने भएको छ । यो जहाज भाडामा लिएवापन मासिक तोकिएको शुल्क तिर्ने र त्यसबाट आएको लाभ सबै निगमलाई हुने भएकोले पनि उल्लेख छ । निगमसँग भएको २ वटा १९० पसट क्षमतको बोइङलाई आवश्यक मर्मत गर्नुपर्ने भएकोले पनि जहाज भाडामा लिन लागेको हो । निगमले हरके १८ महिनामा गर्नुपर्ने इन्जिन बाहेककको सम्पूर्ण मर्मत सिचेकका लागि सिंगापुर पठाउँर्दै छ । सिचेकका लागि कम्तिमा एक महिना लाग्ने भएकोले पनि सो समयमा भाडामा लिएको जहाजबाट नियमतिउडान नरोकिने गरी सेवा प्रदान गरिने भएको छ । निगमको अर्को एउटा बोइङ भने विक्रीका लागि राखिएको छ । निगमले भाडामा लिएको जहाजबाट मलेसियाको क्वालालाम्पुर, कतारको दोहा, भारतको दिल्ली र बैंगलोरसहितका हाल उडान गरिरहेकै गन्तव्यमा सेवा दिने जानकारी दिएको छ । निगमले भाडामा लिने जहाज भने आगामी साउन २ गतेबाट मत्रै लिने भएको छ । निगमसँग हाल १५८ सिट क्षमताको एयरवसको ए३२० नामक दुईवटा न्यारोवडी जहाज उडानमा छ ।